Premier Cables
Premier Steel

समाचार

जहदाको धोनी बस्तीका ७० परिवारलाई झुल वितरण

Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान १०:१७ बजे

जहदा(मोरङ) । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा जहदा गाउँपालिकाको धोनी बस्तीका ७० परिवारलाई झुल वितरण गरिएको छ। समुदायस्तरमा बढ्दो डेंगु र मलेरियाको जोखिमलाई दृष्टिगत गर्दै ‘सुरक्षित परिवार, स्वस्थ समुदाय’ अभियानअन्तर्गत झुल वितरण गरिएको रोटरीले जनाएको छ ।

कार्यक्रमको नेतृत्व क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले गरेकी थिइन । सो अवसरमा पूनम राठी, लता सारडा, सन्तोष राठी र सरिता गोल्छा उपस्थित थिए।

बिज्ञापन

रोटेरियनहरूले समुदायलाई लामखुट्टेको टोकाइबाट हुने रोगहरूबारे जानकारी दिँदै, नियमित रूपमा झुल प्रयोग गरेर मात्र सुत्न आग्रह गरिएको थियो । स्थानीय बासिन्दाहरूले रोटरी क्लब अफ विराटनगर डाउनटाउनप्रति आभार व्यक्त गर्दै, यस प्रकारका जनस्वास्थ्यमुखी कार्यक्रमले गाउँमा स्वास्थ्य सचेतना बढाउने विश्वास व्यक्त गरेका थिए।

डाउनटाउनले यसअघि पनि स्वास्थ्य, शिक्षा र सरसफाइका क्षेत्रमा विभिन्न सामुदायिक परियोजना सञ्चालन गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka