Premier Cables
Premier Steel

विराटनगर

विराटनगर-१२ सम्पन्न बस्ती डुब्यो, बाढी-पीडितलाई खाद्यान्न व्यवस्थापन

Calendar आइतबार, असोज १९, २०८२  | साँझ ४:०९ बजे

विराटनगर । बिराटनगर-१२ को सम्पन्न वस्तीका ७५ घरधुरीका ३५० जना बाढीपीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

योसँगै उनीहरूका लागि खाद्यान्नको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

बिज्ञापन

बखरी आधारभूत विधालय, दरैया आ.वि. र नयाँ फ्याक्ट्रीमा स्थानान्तरण गरिएका पीडितहरूका लागि स्थानीय तह, समाजसेवी, विभिन्न क्लब र लघु उद्यम संस्थाहरूको सहयोगमा खाद्यान्नको बन्दोबस्त मिलाइएको प्रशासनले जनाएको छ।

यस कार्यमा सहयोग तथा समन्वय गर्नुहुने सम्पूर्ण सहयोगीहरूलाई प्रशासनले आभार व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka