Premier Cables

विराटनगर

अनेरास्ववियु मोरङ अध्यक्षमा विरेन्द्र घिमिरे चयन

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २८, २०८२  | बिहान १०:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा विरेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् ।

शनिबार विराटनगर स्थित पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न जिल्ला स्तरीय बृहत् विद्यार्थी भेलाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए ।

विज्ञापन

घिमिरे अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा नविन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा, सचिवमा मनोज लामा कार्की चयन भएका छन् । त्यस्तै, सहसचिवमा विप्लव पोखरेल, प्रिती दाहाल, गौरी बस्नेत, छबि श्रेष्ठ र कोषाध्यक्षमा प्रविन खतिवडा चयन भएको अध्यक्ष घिमिरेले बताए ।

५१ सदस्यीय जिल्ला कमिटीको सदस्यमा पुजन न्यौपाने, प्रवेश विष्ट, विशाल बाबु चौलागाईं, अनुप खतिवडा, मिलन खड्का, शकुन्तला काफ्ले, भुवन मंग्राती, देवराज केसी, जेनिसा पौडेल, ज्ञानु अधिकारी, मालती रेग्मी, अनिस पोखरेल, प्रविन ढकाललगायत चयन भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka