Premier Cables
Premier Steel

समाचार

श्रीरंगेली कालीमाताको नवौं पैदल ध्वजा यात्रा: तयारी पूरा, आठ धार्मिक विश्रामस्थल तय

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, असोज १३, २०८२  | बिहान ११:०७ बजे

विराटनगर । श्रीरंगेली कालीमाताको नवौं पैदल निशान (ध्वजा) बुधबार आयोजना हुंदैछ । यसको सबै तयारी पूरा भएको छ ।

२०८२ असोज १५ गते, बुधबारका दिन आयोजना हुने निसान यात्रा बिहान ५ बजे विराटनगरको काली मन्दिरबाट शुरु हुन्छ ।

बिज्ञापन

पैदल निसान यात्रा मूल आयोजक समितिका अनुसार यस वर्ष पाँच हजारभन्दा धेरै भक्तजनको सहभागिता हुने छ । यात्रामा भारतदेखिका भक्तजनको पनि सहभागिता रहने छ ।

नेपालको इटहरी, भैरहवा र बुटवलका भक्तजन पनि सहभागी हुने समितिका संस्थापक तथा मूल समारोह समितिका सदस्य
शौरभ अग्रवालले जानकारी दिए । उनले भने,”यात्राका क्रममा विराटनगरदेखि रंगेलीसम्म कालु खुट्टा पैदल यात्रा हुन्छ । विभिन्न आठ स्थानमा विश्रामस्थल तोकिएको छ ।”

अग्रवालका अनुसार कटहरीको सेलोतेल उधोग अगाडि, रामचोक, आनन्द इट्टा-दादरबैरिया, कर्सिया बजार, कर्सिया मिल, एसीसी इट्टा, बेतौन र ससारीमाई स्थान विश्राम स्थल तोकिएको छ ।

यात्रामा सहभागीका लागि कुनै स्वास्थ्य संग सम्बन्धित समस्या निदान गर्न मेडिकल टिम र पानी वितरण गर्ने टिम समेत ठाउँठाउँमा व्यवस्थापन गरिएको अग्रवालले बताए ।

यस यात्राको सुरुवात विराटनगरस्थित श्रीकाली मन्दिर बाट हुनेछ र यात्राको गन्तव्य प्राचीन श्रीकाली मन्दिर रंगेली रहेको छ।

कार्यक्रम
मिति: २०८२ साल असोज १५ गते
तारीख: २०२५ अक्टोबर १ (बुधबार)
समय: बिहान ५ बजे

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka