Premier Cables
Premier Steel

राष्ट्रिय

खड्गप्रसाद ओली र रमेश लेखकको राहदानी रोक्का गर्ने तयारी, देउवा दम्पत्ति पनि निगरानीमा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | राती ९:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकार प्रमुख राजनीतिक दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारीमा जुटेको छ।

पहिलो लिस्टमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद (केपी) ओली र कांग्रेस नेता रमेश लेखक छन् । लेखक ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।

बिज्ञापन

जेन-जी आन्दोलनको दमनमा संलग्नता र सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारसम्बन्धी अनुसन्धानका कारण यस्तो निर्णयको प्रक्रिया अघि बढाइएको हो।

पासपोर्ट रोक्का हुने वाचलिस्टमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको नाम परेका छन्।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय, अध्यागमन विभाग र राहदानी विभागबीच आवश्यक कानुनी प्रक्रिया र मापदण्डबारे परामर्श भइसकेको छ।

अहिलेसम्म कसैको राहदानी औपचारिक रूपमा रोक्का गरिएको छैन, तर प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।

जाँचबुझ आयोग र सम्पत्ति शुद्धीकरण विभागले देउवा, दीपक खड्का, पुष्पकमल दाहाल (प्रचण्ड) र ओलीको घरमा छापा मारी अनुसन्धान अघि बढाइसकेको छ।

विभागले यी नेताहरूको घरबाट जलेको नगद भेटिएको, पैसा लुकाउने सुरुङजस्ता दाबीहरूबारे मुचुल्का तयार पारेको छ।

नेपालको राहदानी ऐन, २०७६ अनुसार गम्भीर आपराधिक अनुसन्धानका क्रममा राहदानी रोक्का गर्न सकिने कानुनी व्यवस्था छ।

अनुसन्धानमा रहेका व्यक्तिहरूमाथि अध्यागमन वा अदालतमार्फत राहदानी रोक्न सकिने प्रावधान अनुसार पत्राचार भएमा पासपोर्ट रोक्का हुनेछ।

सरकारले तत्कालका लागि राहदानी रोक्का गर्ने निर्णय गरी, थप कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa