Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

ओली र लेखकलाई मंगलबार नै पक्राउ गर्न चाहन्थे गृहमन्त्री, सुरक्षा निकायले मानेनन् !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २१, २०८२  | अपराह्न २:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनकारीको हत्याबारे आरोप लगाउँदै जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितको गिरफ्तारी माग गर्दै सामाजिक सञ्जालमा व्यापक अभियान चलाइरहेका छन्।

सोमबार साँझ ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङ नेतृत्वको टोली काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी लिएर पुगे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। प्रहरीले जाहेरी नदर्ता गर्नुको कारण प्रष्ट नबताएको भन्दै जेनजी पक्षले असन्तोष जनाएको छ।

बिज्ञापन

जाहेरी दर्ता नहुँदै जेनजी समूहको दबाब बढेसँगै प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति बालुवाटारमा गृहमन्त्री ओम प्रकाश अर्यालसहित प्रमुख सुरक्षा निकायका प्रमुखहरूसँग आपत्कालीन बैठक गरेकी थिइन्।

छलफलका क्रममा प्रहरीले यस्तो संवेदनशील प्रकृतिको मुद्दामा केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा लिखित आदेश आवश्यक पर्ने धारणा राखेको थियो। स्रोतका अनुसार, प्रहरीको चिन्ता यो हो कि “यदि ओलीविरुद्ध जाहेरी स्वीकार गरियो भने अन्य नेताहरूविरुद्ध पनि यस्तो मिसिल सुरु हुने सम्भावना उच्च छ।”

बैठकमा गृहमन्त्री अर्याल भने तत्कालीन प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई तुरुन्तै पक्राउ गर्ने पक्षमा देखिए। गृह मन्त्रालय स्रोतका अनुसार, उनले मंगलबार नै पक्राउ गर्न सकिनेबारे प्रहरीलाई सोधपुछसमेत गरेका थिए। तर, प्रहरीले स्पष्ट जवाफ दिएको छैन।

यस विषयमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्री कार्कीसँगको भेटमा “गोली चलाउनेलाई नछोड्न” आग्रह गरेको स्रोतको दाबी छ। तर, चारवटै प्रमुख सुरक्षा निकायहरूले संयमता अपनाउनुपर्ने र राष्ट्रिय स्थायित्वलाई ध्यानमा राख्नुपर्ने सुझाव दिएका छन्।


छानबिन प्रतिवेदन कुर्ने वा तत्काल कारबाही?

गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनको छानबिन गर्न गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कुर्ने कि तत्काल कारबाही थाल्ने भन्ने विषयमा अहिलेसम्म सरकार स्पष्ट निर्णयमा पुगेको छैन।

स्रोतका भनाइमा, “गृहमन्त्री आफैं सक्रिय छन्, उनले मंगलबार नै गिरफ्तारीको पक्षमा जोड दिएका थिए, तर आवश्यक सहमति जुट्न नसक्दा त्यो सम्भव भएन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka