Premier Cables
Premier Steel

विराटनगर

विराटनगरसहित मोरङका १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | साँझ ४:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी चाडपर्वहरू—विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४६ तथा छठ पर्व नजिकिँदै गर्दा यात्रु तथा सर्वसाधारणको सहजताका लागि मोरङ जिल्लामा विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार २०८२ साल असोज ८ गतेदेखि विराटनगर बसपार्कसहित अन्य व्यस्त स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

बिज्ञापन

यस पहलमार्फत यात्रुलाई यात्रा सम्बन्धी जानकारी, ट्राफिक सहायता, सुरक्षा व्यवस्था तथा अत्यावश्यक सेवा सहजीकरण गरिने जनाइएको छ। चाडपर्वको समयमा यात्रुको चाप अत्यधिक हुने भएकाले सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि सहायता कक्ष प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रहरी प्रशासनले यात्रुहरूलाई टिकट कालोबजारी, ओभरलोडिङ, वा ठगीजस्ता क्रियाकलाप देखेमा तुरुन्तै नजिकको सहायता कक्षमा जानकारी गराउन आग्रहसमेत गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka