विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको सभाहलमा प्रस्तावित प्रहरी ऐनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा कोशी प्रदेश तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूसँग ऐनसम्बन्धी विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले प्रस्तावित प्रहरी ऐनमा समावेश गर्नुपर्ने विषयहरूबारे आफ्ना धारणा, सुझाव तथा जिज्ञासा प्रस्तुत गरेका थिए। प्रमुख अतिथि राजन अधिकारीले प्रस्तावित ऐनले संगठनलाई थप व्यवस्थित, उत्तरदायी र आधुनिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहभागीहरूको सुझाव महत्वपूर्ण हुने बताए।
अन्तरक्रियामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा लगायत वरिष्ठ प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Oplus_16908288
