Premier Cables
Premier Steel

समाचार

कानेपोखरी-रंगेली सडकमा बस र ट्रक जुध्दा ५ जना घाइते

Calendar बिहिबार, असोज ०९, २०८२  | साँझ ४:३३ बजे

विराटनगर । मोरङको कानेपोखरी–रंगेली सडकखण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन्।

रंगेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को १० ख २९१२ नम्बरको यात्रुबाहक बसलाई दलेली भन्ने स्थानमा विपरीत दिशाबाट आइरहेको ना ५ ख २८६९ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा घाइते भएका ५ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते होक कुमार र सुबोध ठाकुरलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि पठाइएको छ।

अन्य घाइतेहरू आशिष सरदार, सरिता हस्दा र कण बा. धिमालको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। मोरङ प्रहरीले उनीको खोजी तीव्र पारिएको जानकारी दिएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka