Premier Cables

राष्ट्रिय

कोशीका आर्थिक मामिला मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो, रोक्दै नरोकी भाग्यो !

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २१, २०८२  | अपराह्न १२:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले एक बालिकालाई ठक्कर दिएको खुलेको छ ।

कालो रंगको मन्त्री चढ्ने गाडीले हरिसिद्धिमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भागेको थियो । मगर एमाले विधान महाधिवेशनमा जांदै थिए । मगर को १ झ ६९९ नम्बरको सरकारी गाडीमा महाधिवेशन स्थल जादै थिए ।

विज्ञापन

गाडीले बालिकालाई ठक्कर दिएर लडाएर भागेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

महाधिवेशनको दोस्रो दिन बन्दशत्रमा सहभागी हुन जाँदै गर्दा काठमाडौंको हरिसिद्धि घुम्तीमा मन्त्री सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको हो। घाइते उषा मगर सुनुवारको अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले केही समयसम्म सडक अवरुद्ध गरेका थिए। उनीहरूका अनुसार मन्त्री चढेको गाडी बालिकालाई ठक्कर दिएपछि नरोकी अगाडि भागेको भन्दै विरोध गरेका छन् ।

घटनाबारे नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनमै जानकारी गराउँदै बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले दुर्घटनालाई लिएर सडक अवरुद्ध गर्नु र महाधिवेशनमा अवरोध सिर्जना गर्नु राजनीतिक स्वार्थका लागि गरिएको आरोपसमेत लगाएका छन्।

घटनाको कारणले एमालेको विधान महाधिवेशन पनि केही समय ढिलो गरी सुरु भएको हो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka