Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौं छाड्नेको ओइरो, दसैँ मान्न ४३ हजारले छाडे उपत्यका

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज ०६, २०८२  | अपराह्न १२:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दसैँको घटस्थापनासँगै राजधानी छोड्ने यात्रुको संख्या उल्लेख्य रूपमा बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४३ हजारभन्दा बढीले काठमाडौं उपत्यका छोडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म ४३ हजार १३२ जना यात्रुले उपत्यका बाहिरिएको जानकारी दिए।

बिज्ञापन

“दसैँ सुरु भएसँगै उपत्यका छोड्नेहरूको चाप बढ्दो छ। नयाँ बसपार्क, जडीबुटी, कोटेश्वर लगायतका क्षेत्रहरूमा यात्रु र सवारी साधनको भीड बढेको छ,” उनले भने, “दसैँको मुख्य दिनहरू अझै आउँदैछन्, त्यसैले यात्रु संख्या अझ बढ्ने अनुमान छ।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka