






विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ ।
जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो ।
जीवन विकासका १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले स्वयंसेवक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेका हुन् ।
स्वयंसेवक दिवसमा श्रमदान मार्फत ४५ विपन्न परिवारका लागि घर निर्माण भएको छ । २७ वटा शाखाले बजार सरसफाइ, २७ वटा शाखाले मन्दिर सरसफाइ, २७ वटा शाखाले वृक्षरोपण कार्यक्रम गरेका छन् । विद्यालय सरसफाइ तथा वृक्षरोपण कार्यक्रम १८ वटा शाखाले गरेका छन् ।
चार वटा प्रहरी बिट मर्मत, २ वटा नगरपालिकाको कार्यालय सरसफाइ, ३ वटा वडा कार्यालय सरसफाइ गरिएको छ । दुई स्थानमा सामुदायिक भवन, दुई स्थानमा पानीको मुहान सरसफाइ भएको छ ।
पृथ्वी जोगाउने अभियान अन्तरगत वातावरण संरक्षणका लागि जीवन विकासले वृक्षरोपणलाई प्राथमिकतामा राखेको छ ।
कार्यक्रमहरुमा थ्री जिरो क्लब र स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरु सहभागी थिए ।