Premier Cables
Premier Steel

समाचार

विराटनगरमा स्कुटर दुर्घटना : एक जनाको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | बिहान ११:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ स्थित दूध फार्म अगाडि कोशी लोकमार्गमा स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

असोज ४ गते साँझ करिब ७:०० बजे बरगाछीबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प २१९७ नम्बरको १२५ सिसी स्कुटरले बाटो क्रस गर्दै गरेको नम्बर नखुलेको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो।

बिज्ञापन

दुर्घटनामा स्कुटर चालक प्रदिप बहादुर भण्डारी (३० वर्ष) गम्भीर घाइते भएका थिए। उनी सर्लाहीको नेत्रगञ्ज गाविस–७ घर भई हाल मोरङको सुन्दरहरैंचा–४ बसोबास गर्दै आएका थिए। मृतक इटहरी इन्टरनेशनल कलेजमा कार्यरत थिए ।

घाइते अवस्थामा उनलाई उपचारको लागि तत्काल नोवेल अस्पताल विराटनगर पुर्‍याइएको थियो। तर, डाक्टरले उनलाई साँझ ७:२० बजे मृत घोषित गरेका छन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।

दुर्घटना भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो। सिटी सफारीको खोजतलास तथा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण स्कुटरको तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्कुटर हाल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka