Premier Cables
Premier Steel

राष्ट्रिय

दसैँ टीकाको साइत कुन देशमा कति बजे ? नेपालमा बिहान ११ बजेर ५३ मिनेटमा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०४, २०८२  | साँझ ६:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। यस वर्षको बडादसैँको टीकाको शुभसाइत विभिन्न देशहरूमा सार्वजनिक गरिएको छ।

विदेशमा रहेका नेपालीका लागि अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले शनिबार (असोज ४) शुभसाइतको समय घोषणा गरेको हो।

बिज्ञापन

नेपालमा भने नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै दसैँको उत्तम साइत सार्वजनिक गरिसकेको छ।

समितिका अनुसार, नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दसैँ टीकाको उत्तम साइत हुनेछ।

विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ।

अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ः२५, जापानको टोकियोमा अक्टोबर २ को ११ः३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ः४३, पोर्चुगलको लिस्बनमा अक्टोबर २ को ९ः२३, र बेलायतको लन्डनमा अक्टोबर २ को ९ः१७ बजे शुभसाइत रहेको समितिले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka