Premier Cables
Premier Steel

समाचार

भारतमा भएको सवारी दुर्घटनामा चार नेपालीको मृत्यु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३१, २०८२  | बिहान १०:४४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भारतको हिमाञ्चल प्रदेशस्थित शिमला जिल्लाको कोटखाई नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेहरू सल्यान जिल्ला कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन्। तीमध्ये डिल्लीबहादुर, एकेन्द्र र लक्ष्मी एउटै परिवारका सदस्य भएको खुलेको छ।

बिज्ञापन

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। उनीहरूलाई प्राथमिक उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, गाडीका चालकले सन्तुलन गुमाउँदा पिकअप जिप सडकबाट भीरमा खसेको थियो। दुर्घटनापछि गम्भीर घाइते भएकी लक्ष्मी मल्ललाई अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको थियो। यस्तै, गम्भीर घाइते अवस्थामा इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएका डिल्लीबहादुर शाहीको पनि उपचारकै क्रममा मृत्यु भएको हो।

भारतीय समाचार संस्था द हिन्दुस्तान टाइम्स का अनुसार, दुर्घटनापछि भारतीय दण्ड संहिताअन्तर्गत ‘लापरबाहीका कारण मृत्यु’ को कसुरमा मुद्दा दर्ता गरिएको छ। डीएसपी सिद्धार्थ शर्माका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ। मृतकका शव पोस्टमार्टमका लागि पठाइएको छ भने सम्बन्धित परिवारलाई जानकारी गराइएको छ।

हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै राज्य सरकार पीडित परिवारसँग सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन्।

त्यस्तै, कोटखाई क्षेत्रका सांसद तथा शिक्षा मन्त्री रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka