Premier Cables
Premier Steel

समाचार

विराटनगरमा साँझ ७ बजेपछि कडा कर्फ्यू, नेपाली सेनाद्वारा माइकिङ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | साँझ ७:०५ बजे
Hamro Biratnagar Headlines

विराटनगर ।  मोरङ जिल्ला प्रशासनले आज साँझदेखि विराटनगरसहित सम्पूर्ण जिल्लाभर कर्फ्यू आदेश लागू गरेको छ।

आदेशपछि नेपाली सेना तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू विभिन्न स्थानमा खटिएर बाहिर रहेका सर्वसाधारणलाई घर फर्कन आग्रह गरिरहेका छन्।

आजबाट सेनाले थप कडाइ गर्दै कर्फ्युका समयमा आउजाउ नगर्न र घरमै बस्न सूचित गरेको छ । कतिपय ठाउँमा माइकिङ गरेर जानकारी गराइएको छ ‌।

जिल्ला प्रशासन कार्यालय, मोरङले बिहानै सूचना प्रकाशित गर्दै कर्फ्यू आदेशबारे सर्वसाधारणलाई जानकारी गराएको थियो। प्रशासनका अनुसार कर्फ्यू भोलि बिहानसम्म ५ बजेसम्म कायम रहनेछ।

यसअघि दिनभर निषेधाज्ञा जारी रहे पनि केही स्थानमा सर्वसाधारणको गतिविधि देखिएपछि सुरक्षाकर्मीहरूले थप कडाइ गरेका हुन्। प्रशासनले अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवतजावत, भेला, सभा र जुलुसमा प्रतिबन्ध लगाएको छ।

सुरक्षालाई मध्यनजर गर्दै जारी गरिएको यो आदेश उल्लंघन गरे कानुनी कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka