Premier Cables
Premier Steel

समाचार

इटहरीमा प्रहरीको गोली लागेका दुई प्रदर्शनकारीको मृत्यु, एक प्रहरीसहित दुईको उपचार जारी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ६:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको इटहरीमा जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीले दुई प्रदर्शनकारीको मृत्यु भएको छ। घटनामा तीन जना घाइते भएका थिए, जसमध्ये दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतकहरू अन्दाजी २५ र ३० वर्षका युवक हुन्। उनीहरूको परिचय भने अझै खुल्न सकेको छैन। घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

बिज्ञापन

सोही घटनामा सशस्त्र प्रहरी बलका एक सहायक हवल्दार समेत घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार उनको गालामा चोट लागेको छ, गोली लागेको आशंका गरिएको छ। उनको पनि धरानमै उपचार भइरहेको छ।

यता, झापाको दमकमा गोली लागेर गम्भीर घाइते भएका एक युवकको पनि बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रदर्शन चर्कंदै गएपछि इटहरीमा सुरक्षा अवस्था कडा पारिएको छ। जिल्ला प्रशासनले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka