






विराटनगर ।सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित आदेशअनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम इनरुवा नगरपालिकाको चार किलोमिटर क्षेत्रभित्र कुनै पनि किसिमका सभा, जुलुस, प्रदर्शन, बैठक वा भीडभाड गर्न नपाइनेछ।
कर्फ्यु क्षेत्रको सिमा यसप्रकार छ
उत्तर: हलगडा नेपाली सेनाको ब्यारेकदेखि पारवाहाचोकसम्म
पूर्व: मिलनचोकदेखि जुट विकाससम्म
दक्षिण: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै वन पार्क क्षेत्रसम्म
पश्चिम: करफोक मोडदेखि जनता बस्तीसम्म
प्रशासनले जारी गरेको आदेशमा उल्लिखित क्षेत्रभित्र सर्वसाधारणलाई निस्कन वा समूहमा गतिविधि गर्न कडाइका साथ रोक लगाइएको छ।
सुरक्षा स्थिति नियन्त्रणमा लिन र सम्भावित अप्रिय घटनाबाट बच्न कर्फ्यु आदेश जारी गरिएको बताइएको छ।