Premier Cables
Premier Steel

शिक्षा

देशभरका स्कुल-कलेजमा दुई दिन शोक बिदा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २४, २०८२  | बिहान ५:०५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशका विभिन्न भागमा भएको आन्दोलनको क्रममा युवाहरूले ज्यान गुमाउनु परेको घटनाले शिक्षा क्षेत्रका छाता संगठनहरू गहिरो दुःख व्यक्त गर्दै दुई दिन शोक बिदा घोषणा गरिएको छ ।

नेपालमा निजी तथा सामुदायिक शिक्षासँग सम्बन्धित प्रमुख संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

बिज्ञापन

विज्ञप्तिमा आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरूको घटनाले समग्र समाजलाई स्तब्ध बनाएको उल्लेख छ। उनीहरूको मृत्युले न केवल शैक्षिक क्षेत्र, तर समग्र नेपाली समाजमा गहिरो चोट पुर्याएको भन्दै गहिरो दुःख व्यक्त गरिएको छ। विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेकोमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

विज्ञप्तिमा २०८२ भदौ २४ र २५ गते (दुई दिन) शोकका रूपमा मनाउने निर्णय गरिएको जानकारी दिइएको छ।

संयुक्त विज्ञप्तिमा सामाजिक शान्ति, सद्भाव र सहिष्णुताको वातावरणमा समाधान खोज्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ। साथै, अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवाला सबैलाई शान्त, संयमित र सहनशील व्यवहारका साथ वर्तमान परिस्थितिको सामना गर्न अपिल गरिएको छ।

प्रमुख संगठनहरू

नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एनप्याब्स)

एपेन

हिसान

नेशनल प्याब्सन

प्याब्सन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka