Premier Cables
Premier Steel

समाचार

आज खग्रास चन्द्रग्रहण, नेपालबाट हेर्न मिल्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | बिहान ९:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज भाद्र शुक्ल पूर्णिमाको दिन खग्रास चन्द्रग्रहण लाग्नेछ, जुन यस वर्ष २०८२ को पहिलो चन्द्रग्रहण हो।

यो खग्रास चन्द्रग्रहणमा चन्द्रमा रातो रङको देखिनेछ, जसलाई सर्वसाधारण भाषामा ‘ब्लड मुन’ भनिन्छ। वैज्ञानिक कारणले गर्दा पृथ्वीको वायुमण्डलले निलो प्रकाश तितरबितर पारेर रातो प्रकाश मात्र चन्द्रमासम्म पुर्‍याउँछ, जसका कारण चन्द्रमा रातो देखिन्छ।

बिज्ञापन

यो अद्भुत खगोलीय दृश्य नेपालसहित भारत, एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका लगभग ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, चन्द्रग्रहण आज राति १०:११ बजे सुरु भएर १:४१ बजे समाप्त हुनेछ। यदि मौसम सफा भएमा, काठमाडौंबाट साढे तीन घण्टासम्म यो ग्रहण प्रष्ट देख्न सकिनेछ।

समितिका अनुसार, यसै वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फेरि खण्डग्रास चन्द्रग्रहण लाग्नेछ।

ग्रहण किन लाग्छ?

खगोलशास्त्र अनुसार, जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधामा आउँछन् र पृथ्वीको छायाँ चन्द्रमामा पर्दछ, त्यति बेला चन्द्रग्रहण लाग्छ।

सामान्यतया सूर्यको प्रकाश परेर चन्द्रमा उज्यालो देखिन्छ, तर पृथ्वी बीचमा पर्दा त्यसको छायाले चन्द्रमालाई पूर्ण रूपमा ढाक्छ भने त्यसलाई खग्रास चन्द्रग्रहण भनिन्छ, र आंशिक रूपमा ढाक्छ भने खण्डग्रास चन्द्रग्रहण।

साथै, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ र सूर्यको प्रकाश छेक्छ, त्यो सूर्यग्रहण हो।

धार्मिक मान्यताअनुसार, ग्रहणको समयमा पूजापाठ, भोजन, सहवास र हास्यव्यंग्य गर्नु नहुने मानिन्छ। तर वैज्ञानिकहरुले यस्ता मान्यतालाई अस्वीकार गर्दै, ग्रहणलाई वैज्ञानिक दृष्टिकोणले बुझ्न र अध्ययन गर्न सुझाव दिन्छन्।

तर, चन्द्रग्रहण हेर्दा नाङ्गो आँखाले नहेर्न, उचित सुरक्षा उपाय अपनाउन वैज्ञानिकले सुझाउँछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa