कोशी लोकसेवा आयोगद्वारा स्थानीय तह कानुन अधिकृत पदमा नयाँ सिफारिस (हेरौं पूरा विवरण)
बिहिबार, भाद्र १९, २०८२ |
बिहान १०:४० बजे
विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवा अन्तर्गत आयोगको विज्ञापन नं. ७५१०÷०८१८२ (खुला) स्थानीय कानून सेवा, कानून समूह, अधिकृतस्तर सातौं तह, कानून अधिकृत पदको माग पदसंख्या २ (दुई) का लागि लिइएको लिखित परीक्षाबाट सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको सिफारिस गरेको छ ।
भदौ १३ गते सञ्चालन भएको सूचना प्रविधि सीप परीक्षण र सामूहिक परीक्षण तथा अन्तर्वार्तामा उपस्थित चार जना उम्मेदवारहरुको लिखित परीक्षा, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा उनीहरुलाई योग्यताक्रम अनुसार सिफारिस गरिएको आयोगको सूचनामा उल्लेख छ ।
बिज्ञापन
स्थायी नियुक्तिको लागि सफल उमेदवारहरुलाई स्थानीय तहहरुमा सिफारिस गरिएको आयोगले जनाएको छ ।