Premier Cables

कोशी प्रदेश

समाचार टिप्पणीः मुख्यमन्त्रीको ‘दोधारे शैली’ले कोशीमा विवादै विवाद

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | बिहान ११:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको समूहले कांग्रेस सम्बद्ध मन्त्रीहरुलाई गलत देखाउन खोज्ने र त्यही ढंगको प्रचारले सरकारको काम कारवाहीमै समस्या उत्पन्न भएको छ ।

कतिपय सानातिना विवादलाई समेत मुख्यमन्त्री सम्बद्ध व्यक्तिहरुले गलत ढंगले प्रचार गरिदिने र सरकारको कामकारवाही नै कांग्रेसकै कारण सुस्त भएको हो भन्ने देखाउन खोज्दा समस्या उत्पन्न भएको कांग्रेसका एक सांसदले बताए । उनले भने,‘‘मुख्यमन्त्री ज्यूले भेट्न पुग्नेहरुलाई जे पनि गरिदिन्छु, भै हाल्छ भनेर आश्वासन दिने तर एउटै परिणाम दिन नसक्ने समस्या देखिएको छ । खासमा यो गठबन्धनको सरकार बनेको एक वर्षभन्दा धेरै समय बितिसकेको छ । मुख्यमन्त्रीले गरेको कामचाहिँ एउटै परिणाममुखी बन्न सकेको देखिएको छैन् ।’’

विज्ञापन

पछिल्लो समय सरुवा भई गएका कृषि मन्त्रालयका सचिव पुनः फर्किएर थमौतीसहित उपस्थित भएपछि मन्त्री क्रुद्ध थिए । खासमा मुख्यमन्त्री कार्की नै सचिवलाई त्यही मन्त्रालयमा राख्ने मुडमा थिए । कृषिमन्त्री खगेनसिंह हाङगाम र मुख्यमन्त्रीबीच सम्बन्ध उतिसाह्रो राम्रो पनि छैन । कृषिमन्त्री हाङ्गामले आफूले राज्यलाई क्षति हुने कुनै काम नगरेको बरु जायज कुरा उठाउँदा त्यसलाई गलत ढंगले व्याख्या गर्ने र प्रचार गर्ने गरिएको बताएका छन् ।

पछिल्लो पटक कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र मन्त्रालयका सचिव शरणकुमार पाण्डेबीचको विवाद सतहमा आयो । खासमा पाण्डे एक महिनाअघि नै सरुवा भएका थिए । तर, स्रोतका अनुसार मुख्यमन्त्री कार्कीकै इच्छामा सरुवा थमौती भयो । पाण्डे सचिवकै हैसियतमा मन्त्रालयको गाडी चढ्न थाले । त्यसको झोंकमा मन्त्री हाङ्गामले चाबी खोसिदिए । अहिले मन्त्रालय परिसरमा सुरक्षार्थ प्रहरीको तैनाथी बढाइएको छ । सचिव कार्यालय गएका छैनन् ।

संघीय कृषि मन्त्रालयको सहसचिवमा भएर गएका उनी केही समय मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवको रुपमा बसे । मन्त्री हाङ्गामका अनुसार उनले प्रदेश कृषिको जिम्मेवारी नपाएकै अवस्थामा गाडी चढ्ने गरेकोले मन्त्रालय परिसरमा जिन्सी शाखामार्फत गाडी फिर्ता ल्याइएको हो ।

मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले सुरक्षा आवश्यक भएको पुष्टि गर्दै, मन्त्रालयमा १० जना प्रहरीको टोली खटाइएको जानकारी दिएका छन्।

विवादको सुरुवात सोमबार सचिव पाण्डे मुख्यमन्त्री कार्यालय पुगेको बेला भएको हो। बैठकपछि फर्किँदा सचिवको गाडी मन्त्रालयमा थन्क्याइएको पाइएको थियो। मन्त्री हाङ्गामले सचिवका चालकमार्फत गाडी सचिवालयमा राख्न लगाएको बताइएको छ।

घटनापछि मन्त्री हाङ्गाम गृह जिल्ला ताप्लेजुङ प्रस्थान गरेका छन्, भने सचिव पाण्डे मन्त्रालयमा उपस्थित भएका छैनन्। मन्त्रालयका एक कर्मचारीका अनुसार, “मन्त्री र उहाँका समर्थकहरूले आक्रमण गर्न सक्ने आशंका भएकाले सचिव पाण्डे मन्त्रालय जानुभएको छैन।”

स्रोतका अनुसार, सचिव पाण्डेले एक साताका लागि बिदा लिने तयारी गरेका छन् र चितवनस्थित आफ्नो घर जाने योजना बनाइरहेका छन्।

सरुवा पछाडिको कथा

स्रोतका अनुसार, सचिव पाण्डेको साउनको अन्तिम साता सरुवा गरिएको थियो। तर, उक्त निर्णय पछि स्थगनमा परेको थियो।

सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा सचिव पाण्डेलाई पुनः मुख्यमन्त्री कार्यालयमा खटाउने विषयमा छलफल भएको थियो।

बैठकमा सहभागी मन्त्री हाङ्गामले सरुवा भइसकेको व्यक्ति मन्त्रालयमा हाजिर हुन मिल्दैनू भन्दै असन्तुष्टि जनाएका थिए।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको सेवा प्रवाह एक वर्षयता सन्तोषप्रद छैन । उनले अघि सारेका धेरै कार्यक्रमहरु अघिल्लो आर्थिक वर्ष विवादि रहे । पर्यटन वर्ष असफल रह्यो । पर्यटन मन्त्री र मन्त्रालयका सचिव नै विवादमा तानिए । सचिव विशाल घिमिरेले निजी खाताबाट गरेको भुक्तानी विवाद लेखा समितिमै छलफलको विषय बन्यो ।

बजेट वितरणमा भएको भेदभाव र टुक्रे योजनाको त विपक्षी अनि सत्तासीन सांसदले नै चर्को आलोचना गरे । यो वर्षको बजेट कार्यान्वयनमा गई सकेको छ तर कार्की नेतृत्वको सरकारले त्यसको कार्यान्वयन सफलतीभूत गराउनेमा भने आम सर्वसाधारणमा शंका नै छ । उदघाटन र सार्वजनिक समारोहमा भाषण गर्न रुचाउने मुख्यमन्त्री कार्कीका अघिल्ला कार्यकाल पनि बिर्सन लायक नै रहेको गठबन्धन दलभित्रै टिकाटिप्पणी हुने गरेको छ ।

स्वःनिर्णय गर्ने र ‘बोल्ड डिसिजन’ लिन नसक्ने बानीका कारण मुख्यमन्त्री संघ सरकार तथा पार्टीको केन्द्रीय नेतृत्वसँग नै मुख ताकेर बस्ने गरेको राजनीतिक वृत्तमा यतिबेला चर्चाको विषय बनेको छ । सत्ता गठबन्धन भएको एक वर्षपछि नयाँ मन्त्रीमण्डल बनाउने विषयमा समेत मुख्यमन्त्रीले स्वेच्छिक र दबाबमुलक ढंगले काम गर्न सकेका छैनन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka