Premier Cables

कोशी प्रदेश

कोशीमा मन्त्री-सचिव विवाद: कृषि मन्त्रालयमा प्रहरी तैनाथी बढाइयो

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | अपराह्न ३:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री र सचिवबीचको विवाद चर्किएपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले मन्त्रालयमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरी खटाइएको जानकारी दिए। मंगलबार बिहानदेखि १० जना प्रहरी मन्त्रालय परिसरमा खटिएका छन्।

विवादको कारण बनेका हुन् – मन्त्री खगेनसिंह हाङ्गाम र सचिव डा. शरणकुमार पाण्डे। मन्त्री हाङ्गामले सचिवको सरुवा थमौती भएको विषयमा असन्तुष्टि जनाउँदै सोमबार सचिवको गाडीको चाबी चालकमार्फत खोसेपछि विवाद चर्किएको हो। सूत्रका अनुसार सचिव पाण्डेको सरुवा साउनमै भएको थियो, तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीको समन्वयमा थमौती गरिएको हो। मन्त्री हाङ्गाम भने सचिवलाई मन्त्रालयमा काम गर्न नदिने अडानमा छन्।

विज्ञापन

विवादपछि मन्त्री आफ्नो गृह जिल्ला ताप्लेजुङ जान निस्किएका छन् भने सचिव पाण्डे मन्त्रालय नआएको कर्मचारीहरू बताउँछन्। पाण्डेले एक हप्ताको बिदा लिएर चितवन जान लागेको जनाइएको छ। यसबीच, तीनवटा पेशागत संघ–संस्थाहरू (नेपाल फिसिरिज टेक्निसियन एसोसिएशन, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएशन, र नेपाल भेटेरिनरी एसोसिएशन) ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रीको व्यवहारप्रति आपत्ति जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक र प्रशासनिक नेतृत्वबीच विश्वास र सहकार्य आवश्यक छ, तर यस्तो घटनाले नकारात्मक सन्देश दिएको छ।” उनीहरूले यस्ता घटना नदोहोरियोस् भनी सबैलाई जिम्मेवार हुन आग्रह गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka