Premier Cables

समाचार

कोशीका कृषि मन्त्री र सचिवबीच विवाद, के भन्छन् मन्त्री ?

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री खगेनसिं हाङ्गाम र प्रदेश सचिव डा. शरणकुमार पाण्डेबीच लामो समयदेखि चल्दै आएको तिक्तता खुलेर सतहमा आएको छ।

मन्त्रीको निर्देशनमा सचिवले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीति र कर्मचारी प्रशासनमा ठूलो तरंग ल्याएको छ।

विज्ञापन

सचिवको चाबी खोसिएको आरोप लागेपछि मन्त्री पक्षले उल्टै सचिव पाण्डेमाथि मन्त्रालयको काममा बाधा पुर्‍याउने, राजनीतिक प्रभावमा सरुवा बदर गराउने, र गुटबन्दीको प्रवृत्ति फैलाउने आरोप लगाएको छ। मन्त्री पक्षका अनुसार सचिवका कारण किसानका लागि ल्याइएको व्याज अनुदान कार्यक्रम, बजेट खर्च, र ‘खोरेत रोगमुक्त अभियान’ समेत प्रभावित भएको छ।

स्रोतका अनुसार सचिव पाण्डे अघिल्लो कार्यकालमा वाग्मती र मधेश प्रदेशमा पनि विवादमा तानिँदै आएका थिए। उनी कार्यरत अधिकांश मन्त्रालयहरूमा एक वर्षभन्दा बढी बस्न नपुगेको तथ्य मन्त्रालयले जनाएको छ। गत कार्तिकमा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएर आएपछि पनि मन्त्रीको निर्देशन अवज्ञा गर्ने, कर्मचारीहरूबीच गुटबन्दी गर्ने र राजनीतिक संरक्षणमा सरुवा बदर गराउने गतिविधि देखिएको स्रोतको भनाइ छ।

सोमबार सचिवले प्रयोग गर्दै आएको सरकारी गाडी मन्त्री हाङ्गामको आदेशमा रोकिएको हो। सचिव पाण्डेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भइसकेको भए पनि उनी अझै पुरानै मन्त्रालयको सवारी साधन प्रयोग गरिरहेको भन्दै चाबी खोसिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्री र सचिवबीचको तकरारले नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ। किसानलाई दिनुपर्ने सेवा, बजेट कार्यान्वयन, र नयाँ कार्यक्रमको सुरुवात समेत ढिलाइ भइरहेको छ।

मन्त्री हाङ्गामले सचिव पाण्डेसँग कुनै पनि हालतमा काम गर्न नसकिने स्पष्ट अडान राखेका छन्। “एकपटक सरुवा भएर गइसकेका कर्मचारी फेरि फर्केर आउँछन् भने म त्यस्तो सचिवसँग काम गर्न सक्दिन,” मन्त्री हाङ्गामले भनेका छन्।

यो घटनाले प्रदेश सरकारभित्रको कार्यसम्पादन, प्रशासनिक समन्वय र राजनीतिक हस्तक्षेपको बहसलाई पुनः सतहमा ल्याएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka