Premier Cables

कोशी प्रदेश

ताप्लेजुङमा नेकपा एस नेता थेबेलाई कोसीका कृषि मन्त्रीले कुटेकै हुन ?

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न ३:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ताप्लेजुङ । नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश सदस्य तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले आफूमाथि प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले हातपात गरेको आरोप लगाएका छन्।

ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित हाङ्गाम गृहजिल्ला पुगेका बेला थेबे र उनको बिचमा विवाद भएको थियो। ‘उहाँ मादक पदार्थ सेवन गरेर आउनुभएको थियो, अनि २०४८ सालमा मैले उहाँसँग प्रतिस्पर्धा गरेको हो भनेर सोध्नुभयो। मैले त्यसो नभनेको स्पष्ट पारेँ तर उहाँले दुई पटक मुक्का हान्नुभयो,’ थेबेले बताए।

विज्ञापन

घटनाका प्रत्यक्षदर्शीले पनि धकेलाधकेल भएको पुष्टि गरेका छन्। ‘हामीले छुट्याउँदै गरेका थियौँ,’ एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा बताएका छन्। घटनापछि आफूसँग मिल्न दबाब आएको भन्दै थेबेले हालसम्म कुनै कानुनी उजुरी नदिएको तर जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई घटनाबारे जानकारी गराएको बताएका छन्।

यो पहिलोपटक होइन, मन्त्री हाङ्गाम यसअघि पनि विवादमा तानिँदै आएका छन्। २०८० साल भदौ २१ मा ताप्लेजुङको मिनी महोत्सवको क्रममा तत्कालीन डीएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएको आरोप उनलाई लागेको थियो। उक्त विवादमा उनले प्रहरीको हतियार खोसेको आरोपसमेत लागेको थियो।

महोत्सवमा सादा पोसाकमा खटिएका प्रहरीहरूले स्थानीयलाई जिस्क्याएको भन्ने विषयलाई लिएर कांग्रेस सांसद समेत रहेका हाङ्गाम र डीएसपी लिम्बूबिच विवाद चर्किएको थियो। सोही क्रममा हाङ्गामले लिम्बूको परिवारलाई समेत क्षति पुर्‍याउने धम्की दिएका थिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka