Premier Cables
Premier Steel

समाचार

योजना आयोगको गाडी आगजनी मुद्दा : विराटनगरका सबै विद्यार्थी नेतालाई सफाइ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १०, २०८२  | राती १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफोड गरेको आरोपमा मुद्दा खेपिरहेका सबै विद्यार्थी नेताहरूलाई मोरङ जिल्ला अदालतले सफाइ दिएको छ।

न्यायाधीश मेघनाथ चापागाईंको इजलासले प्रमाणको अभावका कारण आपराधिक उपद्रव अभियोगमा दर्ता गरिएको उक्त मुद्दामा प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।

बिज्ञापन

मुद्दा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल (क्रान्तिकारी) निकट कार्यकर्तामाथि २०८१ साल जेठ २७ गते विराटनगरमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा दायर गरिएको थियो। उनीहरूले कोशी प्रदेश योजना आयोगको कार्यालयतर्फ जाँदै गरेको को १ झ ६४४ नम्बरको गाडी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसअगाडि जलाएको र त्यही दिन नेपाल विद्युत प्राधिकरणको कार्यक्रम चलिरहेको कञ्चनजंघा पार्टी प्यालेसबाहिर पार्किङमा राखिएका अन्य पाँच वटा सरकारी गाडीहरू तोडफोड गरेको आरोप लगाइएको थियो।

प्रहरीले सो घटनामा संलग्न भन्दै सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, जयनारायण पाण्डे, देवकुमार साह, अभिमन्यू यादव र प्रोज्वल अधिकारीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ अन्तर्गत मुद्दा दायर गरेको थियो। तीमध्ये जयनारायण पाण्डे र अभिमन्यू यादव अखिल क्रान्तिकारीका नेता हुन् भने बाँकीहरू नेविसंघ महेन्द्र मोरङ क्याम्पस इकाइसँग आवद्ध छन्।

सरकारले दायर गरेको अभियोग पत्रमा तोडफोड र आगजनीबाट २७ लाख ७० हजार ५९६ रुपैयाँ २१ पैसाको क्षति पुगेको उल्लेख गर्दै सो क्षतिपूर्ति प्रतिवादीहरूमैबाट असुल गर्न माग गरिएको थियो।

तर, अदालतमा प्रस्तुत प्रमाणहरू पर्याप्त ठहरिएनन्। घटनास्थल वरपरको सीसी टिभी फुटेज स्क्र्याच भएर नखुलेको र प्रत्यक्षदर्शीहरूले पनि स्पष्ट रूपमा प्रतिवादीहरूले नै कसुर गरेको भनी प्रमाणित गर्न नसकेको फैसलामा उल्लेख छ।

फैसलामा भनिएको छ, “वारदातस्थल वरपरको सीसी टिभी फुटेज हेर्ने क्रममा स्क्र्याच भएकाले इमेज प्रिन्ट गर्न नसकिएको र घटनामा प्रतिवादीको संलग्नता पुष्टि हुने प्रमाण अदालतमा पेश हुन सकेन।”

मोरङ जिल्ला अदालतले असार २२ गते दिएको फैसलाको पूर्णपाठ हालसालै सार्वजनिक भएको हो। फैसलाअनुसार सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन पासमान, मोहम्मद सलमान, भानु चेल, देवकुमार साह र प्रोज्वल अधिकारीलाई सफाइ दिइएको छ। भने, अनुपस्थित रहेका जयनारायण पाण्डे र अभिमन्यू यादवको हकमा मुद्दा मुल्तबी राखिएको छ।

उक्त घटना रंगेलीमा दीपक यादवसहित चार जना विद्यार्थी नेताको गिरफ्तारीको विरोधमा गरिएको आन्दोलनका क्रममा भएको थियो। आन्दोलनको क्रममा कोशी प्रदेश योजना आयोग र नेपाल विद्युत प्राधिकरणका सवारीसाधनहरूमा क्षति पुगेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa