Premier Cables
Premier Steel

समाचार

परिवारसहित दमक दरबार आए पूर्वराजा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, भाद्र १०, २०८२  | राती ९:४७ बजे

दमक । पूर्व राजा ज्ञानेन्द्र शाह दुई दिनदेखि झापाको दमकमा छन् । उनको करिव एकमहिना लामो दमक बसाईको सेडुललाई लिएर राजनीतिक रुपमा विभिन्न टिका टिप्पणी पनि हुन थालेको छ ।

सोमबार दिउँसो १२ः४५ बजे बुद्ध एयरको बीएचए ९५५ को नियमित उडानमार्फत् पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, छोरी प्रेरणा शाहलगायत ६ सदस्यीय टोली झापा आइपुगेका हुन् । चन्द्रगढी विमानस्थलमा स्वागत पश्चात उनीहरु दमक –९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटस्थित मिनी दरबारमा बसेका छन् ।

बिज्ञापन

पूर्व राजालाई भेट्न झापाबाहेक मोरड.,सुनसरी र धनकुटालगायत जिल्लाबाट पनि राजा समर्थक र राप्रपाका नेता कार्यकर्ताहरु आउने क्रम चलिरहेको सुरक्षा संयन्त्रले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा रहेको चियाबगान भित्रको आफ्नो ’मिनी दरबार’ मा उनी बसेका छन् । बर्सेनीजसो हिउँदमा राजधानीको जाडो छल्न आउने उनको झापा यात्रा २०५८ को दरबार हत्याकाण्डपछि पातलिएको थियो । राजपाठ आफ्नो काँधमा नआउञ्जेल उनी त्यसअघि हरेक वर्ष हिउँदमा एक महिना लामो बसाईका साथ दमक आउने गरेका थिए ।

यो पटक राजनीतिक उत्तार चढाव बढिरहेका बेला राजा फर्काउने अभियान सडकदेखि सदनसम्म चुलिएको छ । झापालाई राजा समर्थक र राप्रपाले आफ्नो पकट क्षेत्रको रुपमा लिँदै आएको छ । यस अर्थमा पनि पूर्वराजाको दमक बसाई अवधि लम्बिने अनुमान जिल्लाका सुरक्षा अधिकारीहरको छ ।
’हामीलाई प्राप्त सूचना अनुसार एक महिना लामो बसाई हुने बुझिएको छ’, जिल्लाका एक प्रहरी अधिकृतले भने ’राजावादी कार्यकर्तासँग भेटघाट गर्ने बुझिएको छ ।’

पूर्वराजा ज्ञानेन्द्रको झापा ’कनेक्सन’ को मुख्य आधार चाहिँ यहाँ रहेको ’हिमालय –महालक्ष्मी गुडरिक’ चिया बगान हो, जसमा उनको स्वामित्व छ ।

दमकको ४ र ९ नम्बर वडामा सात सय बिघा जमिनभन्दा बढी क्षेत्रफलमा फैलिएको चिया बगान २०१८ सालमा उनका बाबु महेन्द्रले स्थापना गरेका हुन् ।

महेन्द्रले भाई हिमालयको नाममा स्थापना गरेको यो बगानभित्र एउटा मिनी दरबार छ । राजमार्गभन्दा १ किलोमिटर दक्षिणमा रहेको दरबारमा उनी यसअघि पनि पटक पटक आएर लामो समय बस्ने गरेका थिए ।

जस्तापातको छाना भएको र वरिपरिबाट अग्लो पर्खालले घेरिएको यो दुई तले दरबारमा स्थानीयलाई सधैँ प्रवेश निषेध छ । ज्ञानेन्द्रका परिवारका सदस्यहरु जाडो छल्न यहाँ आउने गरेको कर्मचारी बताउँछन् ।

बँदेल, हरिण लगायतका जनावर पालिएको दरबारमा पानीको फोहोरा र दर्जनौं कुकुर बस्ने घर पनि अलग्गै छ । सखुवाको जंगल पनि नजिकै भएको गुडरिक दरबार सधैं सुरक्षागार्डहरुको जिम्मामा रहने गरेको छ भने सुरक्षाफौज पनि यहाँ खटिएको हुन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka