Premier Cables
Premier Steel

समाचार

अनेरास्ववियु मोरङमा संस्थापन र इतर पक्षले तोके आ-आफ्नै संयोजक

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०९, २०८२  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङमा विवाद चुलिँदै जाँदा दुई फरक समूहले आ-आफ्नो संयोजक तोकेका छन्।

एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियुको जिल्ला बैठकमा नेतृत्व चयनको विषयलाई लिएर तीव्र मतभेद देखिएपछि संस्थापन पक्ष र संस्थापन इतर पक्षले छुट्टाछुट्टै संयोजक घोषणा गरेका हुन्।

बिज्ञापन

संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरे भने, विद्या पक्ष (संस्थापन इतर समूह) ले संगम कन्दङ्वालाई संयोजक बनाएको छ। बैठक अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज प्रीति दाहालको प्रमुख आतिथ्यमा र तत्कालीन संयोजक वीरेन्द्र घिमिरेको अध्यक्षतामा बसेको थियो।

बैठकमा संयोजक वीरेन्द्र घिमिरेको उमेर ३२ वर्ष नपुगेको प्रमाण पेश गर्न माग गरिएपछि विवाद सुरु भएको थियो। विवाद चर्किएपछि संयोजक घिमिरे बैठकबाट बाहिरिए। त्यसपछि सो समूहले उपाध्यक्ष रहेका संगम कन्दङ्वालाई संयोजक बनाउने निर्णय गरेको विद्यार्थी इन्चार्ज जोसेप घिमिरेले जानकारी दिए।

तर, घिमिरेले मङ्गलवारसम्म उमेरसम्बन्धी प्रमाण पेस गर्ने बताएको र त्यो प्रक्रिया समाप्त नहुँदै विद्या पक्षले एकतर्फी रूपमा संयोजक घोषणा गरेको आरोप लगाए। त्यसकै प्रतिक्रिया स्वरूप आफूले पनि एलिस ओझालाई संयोजक बनाएको घिमिरेले बताए।

यद्यपि एमाले मोरङका उपाध्यक्ष सागर थापाले बैठकले जसलाई संयोजक तोक्छ, त्यही निर्णय वैध हुने बताएका छन्। “संयोजकले नै संयोजक तोक्ने कुनै विधान छैन,” उनले भने, “बैठकले निर्णय गर्छ र त्यसले नै अधिकारिकता निर्धारण गर्छ।”

यसअघि माघ महिनामा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्काको कार्यकालमा केन्द्रीय कमिटीले सचिव वीरेन्द्र घिमिरेलाई संयोजक बनाएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa