Premier Cables
Premier Steel

कोशी प्रदेश

विवादित कोशी संचार विधेयक पारित गराउने विधायन समितिका सांसदहरू को-को हुन ? (नामावली)

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०६, २०८२  | साँझ ६:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको सञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रति सञ्चारकर्मी र सरोकारवालाले कडा आपत्ति जनाएका छन्।

प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिमा पेश भई पारित भएको विधेयकमा सञ्चार स्वतन्त्रतामाथि प्रत्यक्ष असर पार्ने विभिन्न प्रावधानहरु समावेश गरिएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । यसको नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महासंघ कोशी प्रदेश, संसदीय पत्रकार मंच काेशी, प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनिय लगायत पत्रकारका पेशागत संघ संगठनले विरोध गरेका छन् ।

बिज्ञापन

विधेयकले ‘पत्रकारिताका माध्यमबाट विद्युतीय सञ्चारमाध्यम, प्रकाशन तथा प्रसारण गर्ने सामाग्रीलाई नियन्त्रण गर्न सकिने’ प्रावधान राखिएको छ। यसलाई सञ्चारकर्मीहरुले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने प्रयासको संज्ञा दिएका छन्।

विधेयकमा संचार सामग्री प्रशारण गरेकै आधारमा पत्रकारलाई एक लाखसम्म जरिवाना हुने, इजाजत खारेज हुने लगायत कडी कडाउ गरिएका प्रावधानहरु छन् ।

विधायन समितिकी सभापति कमला दर्नालले समितिबाट पारित भएको प्रतिवेदन शुक्रबार प्रदेश सभा बैठकमा पेश गरेकी छन् । विधेयक उपर दफावार छलफल गरेपछि यो विधेयक समितिबाट पारित भएको थियो । सरोकारवालाले दिएको सुझाव समितिले ग्रहण गरेको छैन ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले यो विधेयकले पेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भएकोले स्वीकार गर्ने अवस्था नभएकोले आन्दोलन शुरु गरिएको बताए ।

शुक्रबार पदेश सभा अगाडि प्रदर्शन र विरोध गरिएको थियो । यो विधेयक समितिमा छलफल गराई विभिन्न दलका प्रदेश सभा सदस्यहरुले पारित गराएका हुन । यो समितिको सभापति नेकपा एमालेकी प्रदेश सभा सदस्य कमर्ला दर्नाल छिन् । समितिमा विभिन्न दलका १० जना सदस्यहरु रहेका छन् ।

विधेयक पारित गराउंदा आफूहरुले फरक मत राखेपछि वहुमतको आधारमा कांग्रेस र एमालेक सांसदले प्रतिवेदन पारित गरेको माओवादी सांसद गोम्बु शेर्पाले बताए ।

सदस्यको नामावालीः

१.इन्द्रमणि पराजुली (नेकपा एमाले)
२. उद्धव थापा(नेपाली कांग्रेस)
३. गीता तिम्सिना (माओवादी केन्द्र)
४. गोम्बु शेर्पा (माओवादी केन्द्र)
५. रमेश कुमार बस्नेत (नेकपा एमाले)
६. रामकुमार खत्री (नेपाली कांग्रेस)
७. ललिता कुमारी चौधरी (नेकपा एमाले)
८.शम्सेर राई (नेपाली कांग्रेस)
९. शीला दीक्षित कार्की (नेकपा एमाले)
१०. लिलावल्लभ अधिकारी (नेकपा एमाले)

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka