Premier Cables
Premier Steel

स्वास्थ्य

विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष डेस्क स्थापना

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | अपराह्न १:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराट आँखा अस्पतालले श्रमिक तथा निजी क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष (एसएसएफ) को डेक्स स्थापना गरेको छ। शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी अस्पताल भवनभित्र डेस्कको औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुलीले रिबन काटेर डेस्कउद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै सांसद पराजुलीले विराटनगर स्वास्थ्यको हबका रूपमा विकसित हुदै गएको उल्लेख गर्दै विराट आखा अस्पताललाई देशकै उत्कृष्ट आँखा अस्पतालको रूपमा प्रशंसा गरे। उनले सामाजिक सुरक्षाको पहुँचलाई थप सहज बनाउने यस्ता कदमहरू स्वागतयोग्य भएको बताए।

बिज्ञापन

अस्पतालका प्रमुख कार्यकारी निर्देशक राजकुमार मण्डलले सहज र सुलभ मूल्यमा श्रमिक तथा कामदारहरूले सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सामाजिक सुरक्षा कोषको डेस्क स्थापना गरिएको जानकारी दिए।

सामाजिक सुरक्षा कोष नेपालको श्रमिक लक्षित महत्वपूर्ण योजना हो। यस कोषमार्फत श्रमिकले कुल रकमको २० प्रतिशत तिर्नुपर्ने व्यवस्था छ भने बाँकी ८० प्रतिशत खर्च सम्बन्धित संस्था वा रोजगारदाताले व्यहोर्ने प्रावधान छ। सुरुमा सरकारी सेवामा सीमित यो कोष २०७५ साल मंसिर ७ गतेदेखि निजी क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरहरूका लागि पनि लागू गरिएको हो।

विराट आँखाअस्पतालमा स्थापना गरिएको यो डेस्कमार्फत सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी, सेवाप्राप्तिको प्रक्रिया, दर्ता तथा योगदान सम्बन्धी विविध जानकारी प्राप्त गर्न सकिने छ। यसले विशेषगरी निजी क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सहुलियतपूर्वक स्वास्थ्य सेवा लिन थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka