Premier Cables

विराटनगर

राधाकृष्ण रथयात्रा : स्वयंसेवकसँग सुरक्षा निकायको छलफल

Calendar बिहिबार, साउन २९, २०८२  | बिहान ११:२३ बजे

विराटनगर । श्रीराधाकृष्ण रथयात्रा २०८२ लाई भव्य रुपमा सम्पन्न गर्न स्वयंसेवक उपसमितिले सुरक्षा निकायसँग छलफल गरेको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकाल्ने गरिएको छ । अब रथयात्रा आउन तीन दिन बाँकी छ । यसकै तयारी स्वरुप उपसमितिहरु समेत सक्रिय बनेका छन् ।

बिज्ञापन

स्वयंसेवक परिचालन हुने सवालमा सुरक्षा निकायसँग छलफल गरिएको मूल आयोजक समितिका सचिव कृष्ण कार्कीले जानकारी दिएका छन् । उनका अनुसार छलफलमा सुरक्षाका सवाल र स्वयंसेवकहरुले खेल्नु पर्ने भूमिकाको विषयमा अन्तरक्रिया भएको थियो ।

त्यस क्रममा विभिन्न सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको बताइएको छ । रथयात्राका दिन समितिले ठूलो संख्यामा ख परिचालन गर्दै आएको छ ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka