Premier Cables
Premier Steel

स्वास्थ्य

रेबिज खोप उत्पादन रोकियो, परीक्षणपछि मात्रै पुनः सुरु हुने

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान ११:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कुकुरमा रेबिज भाइरसबाट जोगाउन प्रयोग हुने एन्टि–रेबिज खोपको उत्पादन रोकिएको छ। पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले गुणस्तर परीक्षणका लागि खोप उत्पादन एक महिनाअघि नै स्थगित गरेको हो।

५ वर्षदेखि परीक्षण नगरेकाले उत्पादन रोकेका हौं, प्रयोगशालाका प्रमुख डा. विनयकुमार कर्णले बताए। “हामी अहिले परीक्षणको चरणमा छौं, यो प्रक्रिया सकिन करिब ५ महिना लाग्छ,” उनले भने। परीक्षण सकिएपछि पुस महिनाबाट मात्र खोप उत्पादन सम्भव हुने उनले जनाए।

बिज्ञापन

परीक्षण ढिलाइ र उत्पादन रोकिएसँगै विभागले खोप विदेशबाट खरिद गर्ने तयारी थालेको छ। विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्मा अनुसार, २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ, जसबाट २७ हजार डोज खोप खरिद गरिनेछ। यी खोप सडकमा छाडिएका कुकुरमा प्रयोग गरिनेछ।

हाल प्रयोगशालामा २००० सालमा ल्याइएको म्यानुअल मेसिनबाट खोप उत्पादन हुँदै आएको छ। पुरानो प्रविधि, जनशक्तिको अभाव र तालिम नहुनु खोप उत्पादनको बाधक बनेको वरिष्ठ पशु चिकित्सक डा. मनिषमान श्रेष्ठ बताउँछन्। “हामीलाई अटोमेटेड मेसिन र तालिम चाहिएको छ, यिनको अभावले उत्पादन प्रभावित भएको हो,” उनले भने।

नेपाल सरकारले १५ करोड लागतमा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला निर्माण गरे पनि भवन प्रयोगमा आउन सकेको छैन। प्रमुख कर्णका अनुसार, ठेकेदारको ५ करोड रुपैयाँ बक्यौता बाँकी रहेकाले भवन हस्तान्तरण भए पनि प्रयोगमा ल्याउन सकिएको छैन।


खोप कसरी बनाइन्छ?

नेपालमा खोप बनाउँदा विदेशबाट आयात गरिएको “सिड भाइरस” प्रयोग गरिन्छ। यस भाइरसलाई प्रयोगशालामा कोशिकामा राखेर वृद्धि गरिन्छ र निष्क्रिय पारिएपछि खोपको रूपमा प्रयोग गरिन्छ। यो खोप कुकुरको शरीरमा रेबिजविरुद्ध एन्टीबडी निर्माण गर्न प्रयोग गरिन्छ।

कुकुरको संख्याको तुलनामा खोप उत्पादन निकै कम छ। “मानिसलाई खोप लगाएर मात्र रेबिज नियन्त्रण सम्भव छैन,” भन्छन् पशु चिकित्सक डा. मुकुल उपाध्याय, “कुकुरलाई खोप नलगाई सन् २०३० सम्म मृत्युदर शून्य बनाउने सरकारको लक्ष्य पूरा हुन सक्दैन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa