Premier Cables
Premier Steel

समाचार

यात्रुवाहक बस बाढीले बगायो

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar मंगलबार, बैशाख २३, २०८२  | साँझ ६:१३ बजे

उदयपुरको चौदण्डीगढी नगरपालिकामा यात्रु बस बाढीले बगाएको छ ।

सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा खोलाको बाढीले यात्रुबस बगाएको छ ।

बिज्ञापन

सोमबार राति सिवाईबाट सप्तरीमा बिहेको जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ

 

दिउँसोदेखि नै पानी परेकाले त्रियुगामा बाढी आएकोले खोला तर्ने क्रममा बस बगाएको प्रहरीले जनाको छ ।

खोलामा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेको र बस निकाल्न क्रेन बोलाइएको प्रहरीले जनाएको छ ।

 

सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा स्थानीयले प्रत्‍येक वर्ष सास्ती भोग्नु परेको छ । सो खोलामा निर्माण भएको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस्तो समस्या भएको हो ।

 

हिउँदमा ह्युमपाइप राखेर अस्थायी बाटो बनाए पनि बर्खायाम सुरु नहुँदै नदीले आफ्नो रौद्र रूप देखाउन थाल्‍ने स्थानीय बताउँछन् ।

 

सिवाई बेल्हा जोड्‍ने यो पुल २०६६ सालमा शिलान्यास भई २०७८ मा निर्माण सम्पन्न हुने चरणमा बाढीले बगाएको थियो । पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka