Premier Cables

समाचार

यात्रुवाहक बस बाढीले बगायो

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख २३, २०८२  | साँझ ६:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा यात्रु बस बाढीले बगाएको छ ।

सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा खोलाको बाढीले यात्रुबस बगाएको छ ।

विज्ञापन

सोमबार राति सिवाईबाट सप्तरीमा बिहेको जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ

 

दिउँसोदेखि नै पानी परेकाले त्रियुगामा बाढी आएकोले खोला तर्ने क्रममा बस बगाएको प्रहरीले जनाको छ ।

खोलामा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेको र बस निकाल्न क्रेन बोलाइएको प्रहरीले जनाएको छ ।

 

सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा स्थानीयले प्रत्‍येक वर्ष सास्ती भोग्नु परेको छ । सो खोलामा निर्माण भएको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस्तो समस्या भएको हो ।

 

हिउँदमा ह्युमपाइप राखेर अस्थायी बाटो बनाए पनि बर्खायाम सुरु नहुँदै नदीले आफ्नो रौद्र रूप देखाउन थाल्‍ने स्थानीय बताउँछन् ।

 

सिवाई बेल्हा जोड्‍ने यो पुल २०६६ सालमा शिलान्यास भई २०७८ मा निर्माण सम्पन्न हुने चरणमा बाढीले बगाएको थियो । पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka