Premier Cables

खेलकुद विराटनगर

विराटनगरमा प्रथम लाली गुराँस कप फुटबल प्रतियोगिता

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०३, २०८३  | राती ८:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका वार्ड नम्बर १६ रानीस्थित जुट मिल ग्राउन्डमा  प्रथम लाली गुराँस कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ।

लाली गुराँस स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न ८ वटा टोलीको सहभागिता रहेको छ।

विज्ञापन

प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा डिग्री फुटबल क्लबले लाली गुराँस स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

डिग्री फुटबल क्लबका लागि सनम अधिकारीले दुई गोल तथा रोशन राईले एक गोल गरेका थिए। यस्तै, लाली गुराँस स्पोर्टिङ क्लबका तर्फबाट आदेश मगरले एक गोल गरेका थिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिग्री फुटबल क्लबका सनम अधिकारीलाई म्यान अफ द म्याच घोषित गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोस प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम लामा, मोरङ जिल्ला फुटबल महासंघका सहसचिव दिनेश बस्नेत, विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश शाह र वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको अध्यक्षता लाली गुराँस स्पोर्टिङ क्लबका अध्यक्ष सुमित डंगोलले गरेका थिए।

कार्यक्रमको सञ्चालन क्लबका सचिव सरोज कोइरालाले गरेका थिए।

प्रतियोगिता असोज ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल असोज १० गते हुने बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka