Premier Cables
Premier Steel

समाचार

छलफलमा भाषा विधेयक : ‘खस सबैको होइन, संस्कृत मृत भाषा’

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar सोमबार, साउन २६, २०८२  | अपराह्न ३:२२ बजे

विराटनगर । एकीकृत नेकपा समाजवादी कोसी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले खस भाषाले मात्र सबैको प्रतिनिधित्व हुन नसक्ने भन्दै सबै भाषाको उत्तिकै महत्व भएको बताएका छन् ।
संस्कृति लेखनमा भएको तर बोलचालमा नभएकोले त्यो मृत भाषा भनिने विश्व व्यापी मान्यता भएको दाबी गरे ।

उनले भने,‘‘कुनै भाषा लेखनमा भएपनि बोलिदैन भने त्यो मृत भाषा नै मान्ने विश्वव्यापी मान्यता छ ।’’ कोसी प्रदेश सरकारले लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताव गरिएको विधेयक प्रदेश सभामा दर्ता गराएको छ । यसमाथि सोमबारबाट छलफल शुरु भएको छ ।

बिज्ञापन

कोसी सभामा पेश भएको भाषा सम्बन्धी विधेयकमाथिको छलफलमा सोमबार राईले भने,‘‘भाषाको कुरा गर्दा जो नेपाली भाषा हो । पृथ्वीनारायण शाहको पालामा । आदेश र सन्धीपत्रहरु लिखत छन् । संकलन गरेर पढ्दा त्यसको अर्थ नेपाली भाषाको प्रज्ञा प्रतिष्ठानको आधिकारित शब्दकोषमा पनि छैन । कस्य हरुका लालमोहर जस्तै हो । राजाको लालमोहरमा प्रयोग भएको भाषाको अर्थ समेत पत्ता लगाउन मुश्किल छ । धर्मसंस्कृतिको कुराहरु खस नेपाली भाषामा खोजेर मात्र पाइँदेन । जस्तोसुकै विज्ञता भएपनि अरु भाषीले पत्ता लगाउन सक्तैन ।’’ राईले सबै भाषा संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताए ।

लिम्बुहरुले आफ्नो भाषा विकास गरेर जीवन यापनको नयाँ शैली अपनाएका थिए भन्दै उनले अरु जातजातिको इतिहास पनि त्यस्तै भएको सुनाए । एउटा भाषाबाट मात्र इतिहासको खोज अनुसन्धान वा कुनै शैक्षिक संस्थाबाट मात्र नहुने बताए ।
‘‘दरबार स्कुल हिजो खुलेको हो । बलबाहु वा अरनिकोले पहिल्यै चीनमा चमत्कार गरिसकेका थिए । फलाम उद्योग खुल्नुअघि तामाका भाँडा बनाइन्थ्यो । बाजा र संगीत बनिसकेका थिए । पुरातात्विक महत्वको कुरा वा आत्मिक शान्तिको कुरामात्र होइन,’’ उनले भने,‘‘भविष्यमा मानवलाई चलाउनको लागि पनि धर्मसंस्कृतिलाई अगाडि बढाउनको लागि सबै भाषालाई जोगाउन र विकास गर्न जरुरी छ । बोझको रुपमा ठान्नुभन्दा पनि सम्पत्तिको रुपमा लिनुपर्छ ।’’

भाषा आयोगको सिफारिसको हैसियत के ? भन्ने प्रश्न गर्दै उनले उसको हैसियत भनेको रिफरेन्स मात्रै भएको बताए । त्यसलाई मान्नको लागि सरकार बाध्य नभएको सुनाए । ‘‘आवश्यक भए सिफारिस ग्रहण गर्दछ । थपेर वा घटाएर पनि ग्रहण गर्न सक्छ नगर्न पनि सक्छ । भाषा आयोग भनेको कामकाजको भाषा सिफारिस गर्ने गरी बनेको होइन,’’ उनले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ

विराटनगरमा विराट ट्रेड एक्स्पो : जेनजी आन्दोलनपछि व्यापार, कर र समसामयिक अर्थतन्त्रबारे बहस

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोः शनिबार समसामयिक वातावरणमा व्यापार र कर संरचनामाथि छलफल

Clock Iconशनिबार, पुष १२, २०८२

विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

Clock Iconशुक्रबार, पुष ११, २०८२

आर्थिक शिथिलताले ऋण प्रवाहमा समस्या

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट एक्स्पोमा आज सूचना प्रविधि, डिजिटल मार्केटिङ र साइबर सुरक्षामा छलफल

Clock Iconशुक्रबार, पुष ११, २०८२

विराट ट्रेड एक्स्पोमा थिमेटिक सेसनः महिला उद्यमीका ‘माई भ्वाइस, माई स्टोरी’ प्रस्तुत

Clock Iconबिहिबार, पुष १०, २०८२
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka