Premier Cables
Premier Steel

अर्थ बैंक तथा वित्त

६ सय ६१ जना उद्यमीलाई स्टार्टअप कर्जा

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar मंगलबार, बैशाख २३, २०८२  | अपराह्न ३:५३ बजे

चालू आर्थिक वर्षमा ६ सय ६१ जना उद्यमीले स्टार्टअप कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६ सय ६१ परियोजनालाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो ।

 

बिज्ञापन

कर्जाका लागि पाँच हजार एक सय ५८ उद्यमीले दर्ता गरेका थिए । त्यसमध्येबाट १ हजार तीन सय १४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६ सय ६१ वटा छनोट भएका हुन् ।

 

कर्जाका लागि छनोट भएका उद्यमीहरूले ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

 

कुन उद्यमी कुन बैंकको कुन शाखामा जाने भन्ने सूचना आउँदो बिहीवारसम्म प्रकाशन गरिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख छ ।

 

व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान र भ्याट दर्ताको सक्कल, उद्यमीको नागरिकताको सक्कल, आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको फोटो, व्यवसायको छाप, परियोजना लिजरभाडामा सञ्चालनमा रहेको भए सम्झौताको प्रतिलिपि तथा व्यवसायको प्रकृतिअनुसार अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र लिएर तोकिएको बैंक शाखामा जानुपर्नेछ ।

 

प्रतिष्ठानले उद्यमीलाई न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेछ

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka