Premier Cables

राजनीति

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने

नोट: यो समाचार २ महिना अघिको हो

Calendar मंगलबार, बैशाख २३, २०८२  | अपराह्न १:४७ बजे

गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका छन् ।

 

बिज्ञापन

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई सुनाए ।

 

त्यसअघि दुई पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

 

 

 

तर, उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई गराएका थिए । गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू बसेका थिए ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027