Premier Cables

कोशी प्रदेश

लम्पी स्कीनको चपेटामा कोसी : सभामा सांसद दर्नालद्वारा ध्यानाकर्षण

प्रदेशमा मात्र २२ हजार ११२ पशुचौपाया संक्रमित भएका छन्

Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान १०:३९ बजे

विराटनगर । कोसी प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समिति सभापति प्रदेश सांसद कमला दर्नालले पशु चौपायमा लाग्ने लम्पी स्कीन रोग नियन्त्रणमा काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरेकी छिन् ।

सभाको बैठकमा सभापति दर्नालले लम्पी स्कीनाबाट देशभर कोसी प्रदेश अधिक प्रभावित भएको भन्दै रोग निदानको लागि तत्काल काम थाल्न आग्रह गरेकी हुन ।

बिज्ञापन

‘‘अढाई महिनायता सबैभन्दा धेरै कोसीमा संक्रमण भएको छ । हाम्रो प्रदेशमा मात्र २२ हजार ११२ पशुचौपाया संक्रमित भएका छन् । ६३५ मरेका छन् । यो रोगका कारण आर्थिक रुपमा एक अर्ब ८ करोडको क्षति भएको अनुमान छ,’’ उनले भनिन् ।

कोसीमा १४ जिल्लामध्ये ११ जिल्लामा संक्रमण देखिएको र ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, धनकुटा, झापा, मोरङ, तेह्रथुम लगायत जिल्लामा बढी संक्रमण देखिएको सभापति दर्नालको भनाई छ । कोसीमा सोलुखुम्बु, ओखलढुंगा र संखुवासभामा संक्रमण छैन । झापामा बढी संक्रमण छ ।

संक्रमण हेर्दा खोप बढाउन पर्ने देखिएको भन्दै उनले बजेट सुनिश्चित गर्न माग गरिन । ‘‘किसानलाई सचेतना र तालिम दिन जरुरी छ । यो रोगका कारण किसान संकटमा परेका छन्,’’ उनले भनिन्,‘‘पशुचौपाया मर्दा दैनिकी उपार्जनमा ठूलो असर गरेको छ । समस्या समाधान गर्न कोसी सरकारले ध्यान दिनुपर्छ ।’’

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka