Premier Cables
Premier Steel

समाचार

देशभर लम्पी स्कीन रोगको प्रकोप : कोसीमा धेरै संक्रमण

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | बिहान ८:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गाईंभैसीमा लाग्ने लम्पी स्कीन रोगको प्रकोप यस वर्ष पनि देखिएको छ ।

गत असार यता डेढ महिना अवधिमा मात्रै २७ हजारभन्दा बढी संक्रमित भएकामा ८ सय ४३ पशु मरेका छन् ।

बिज्ञापन

सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ, जहाँ २२ हजार चौपायामा संक्रमण देखिएको छ । २९ जिल्लामा रोग फैलिइसक्दा पनि नियन्त्रणमा राज्यले ठोस पहल गरेको छैन भने खोप अभियान पनि सुस्त छ ।

गाईभैंसीमा लाग्ने लम्पी स्कीनको प्रकोपबाट यसवर्ष सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । प्रदेशका संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुबाहेक ११ जिल्लामा देखिएको संक्रमणबाट २२ हजारभन्दा बढी पशु प्रभावित छन् भने ६ सय ३७ मरिसकेका छन् ।

यस्तै, मधेशका सबै जिल्लामा संक्रमण देखिँदा साढे ४ हजार पशु प्रभावित भएका छन् । रोगका कारण दुधालु गाईभैंसीले दुध घटाएका छन् भने रोपाईं गर्ने बेलामा गोरु बिरामी हुँदा किसान चिन्तित भएका छन् ।

पशु प्राविधिकहरूका अनुसार निकै संक्रामक यो रोग एक ठाउँबाट अर्को ठाउँमा सजिलै सर्न सक्छ । प्रभावित गाईभैंसी तथा गोरूको जीउमा घाउ हुने गर्छ भने कुल संक्रमितमध्ये १० प्रतिशतसम्म मर्न सक्ने प्राविधिकहरूको भनाइ छ । जसका कारण विशेष सजकता अपनाउनुपर्ने उनीहरूको सुझाव छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २०७७ देखि २०७९ सम्मको अवधिमा लम्पी स्कीन संक्रमण देखिँदा पनि नियन्त्रणमा प्रभावकारी उपाय नअपनाउँदा ५२ हजारभन्दा बढी चौपाया मरेका थिए भने किसानको एक खर्ब रूपैयाँभन्दा बढीको क्षति भएको थियो ।

प्राविधिकहरूले यसवर्ष पनि समयमै सजगता नपआउने हो भने विगतकै परिमाणमा क्षति हुने चेतावनी दिएका छन् । यता सरकारले भने गत वर्ष खरिद गरेको १४ लाख खोप प्रदेशहरूमा पठाइसकेको र ५ लाख ६१ हजार खोप लगाइ सकिएको दाबी गरेको छ ।

महामारीजन्य रोगका कारण हुने क्षतिलाई बीमाले समेत व्यहोर्देन । तर, २०७७ र २०७९ संक्रमण फैंलदा पीडित किसानलाई राहत दिने आश्वासन सरकारले दिए पनि लगत नै संकलन हुन सकेको थिएन । संक्रामक रोगबाट पीडित बनेका किसानलाई संरक्षण गर्नुपर्नेमा विज्ञको जोड छ ।

पाँच वर्ष अघि पहिलो पटक लम्पी स्कीनको संक्रमण देखिँदा सरकारले गम्भीर रूपमा लिएन, जसका कारण किसानले खर्ब रूपैयाँभन्दा बढीको क्षति व्यहोर्नु पर्‍यो । अहिले पनि तीनै तहका सरकारले आवश्यक सजकता अपनाएको देखिँदैन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka