Premier Cables

खेलकुद विराटनगर

साउन २३ देखि छैठौं विराटनगर बास्केटबल कप

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न १२:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रेसेन्ट्स छैठौं विराटनगर बास्केटबल कप २०८२ सुरु हुँदैछ। एनबीएससी इलेक्ट्रोनिक्स सोरुम र अर्बन स्पोर्ट्सको सहप्रायोजनमा हुने प्रतियोगिता विद्यालयस्तरीय होम एन्ड अवे फरम्याटमा सञ्चालन हुनेछ।

प्रतियोगिता साउन २३ देखि भदौ २१ गतेसम्म सञ्चालन हुनेछ। सहभागी टोलीहरूले एक अर्काको विद्यालयमा गएर खेल खेल्नेछन्, जसले खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना र आपसी सम्बन्ध विकासमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

विज्ञापन

उद्घाटन खेल साउन २३ गते दिउँसो ३ बजे बालकल्याण विद्यामन्दिर (बिकेभिएम) को कोर्टमा बिकभिएम र शिक्षादीप कलेजबीच हुने तालिका छ।

संयोजक त्रिलोक बास्तोलाले प्रतियोगिताको तयारी शुरु भई सकेको जानकारी दिएका छन् । उनले भने,’विद्यालयस्तरबाटै प्रतिस्पर्धात्मक खेल संस्कार विकास गर्न सकियो भने, भविष्यका राष्ट्रिय खेलाडी यहीँबाट निस्कन्छन्।’

एकेडेमीले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने उद्देश्य लिएको छ।

छात्रा समूह

सेंट मेरीज स्कूल

बालकल्याण विद्यामन्दिर

अरनिको मा.वि.

अर्पण मा.वि.

आदर्श मा.वि.

सगरमाथा मा.वि.

एभरेष्ट मा.वि.

सेंट जोसेफ मा.वि.

छात्र समूह

बालकल्याण विद्यामन्दिर (बिकेभिएम)

ब्राइट फ्युचर मा.वि., सुन्दर हरैचा

अर्निको मा.वि.

सेंट जोसेफ मा.वि.

शिक्षादीप कलेज

अर्पण मा.वि.

सगरमाथा मा.वि.

एभरेष्ट मा.वि.

डीपीएस विराटनगर

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka