Premier Cables
Premier Steel

अपराध

मोरङको पथरीबाट जरायोका सिङसहित दुई जना पक्राउ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न २:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं २ स्थित सरस्वती टोलबाट जरायोको सिङ बरामद भएको छ ।

सोही ठाउँ बस्ने वर्ष ३१ को निरज गुरुङको घरमा जरायोको सिंगहरु लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले घरकोठामा कानूनी रितपूर्वक खानतलासी तथा बरामदी गरेको जनाइएको छ । जरायोको सिङ तीन जोर (६ वटा) फेला पारिएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा पथरिशनिश्चरे नपा वडा नं २ बस्ने लक्ष्मण गुरुङको छोरा वर्ष ३१ को निरज गुरुङ, सोही ठाउँका तिलक बहादुर राईको छोरा वर्ष २४ को विजय राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्त बहादुर सुनारले बताएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka