Premier Cables
Premier Steel

विराटनगर

विराटकालीन दरबारको मन्टापोखरीमा बोलबम (हेरौं पाँच तस्बिर)

नोट: यो समाचार १ महिना अघिको हो

आदर्श यादव Calendar सोमबार, साउन १९, २०८२  | अपराह्न १:२१ बजे

विराटनगर । विराटनगरको मन्टापोखरीमा साउनको तेस्रो सोमबार भक्तजनहरुको ठूलो घुइँचो लागेको छ ।

विराटकालीन राजदरबारको भग्नावशेष रहे नजिकैको महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । साउन महिनामा महादेवको विशेष पूजाअर्चना हुने गरेको छ । मन्टापोखरीलाई विराटनगरले पुर्ननिर्मण गरी मन्दिर बनाएको छ । त्यहाँ खासगरी दक्षिणी क्षेत्रका बासिन्दा पूजाअर्चना गर्न पुग्ने गरेका छन् । बोलबमको वस्त्र धारण गरी कावँर बोकको श्रद्धालुको बिहानैदेखि घुइँचो लागेको छ ।

बिज्ञापन

स्थानीयले पोखरीको नजिकै महादेव मन्दिर स्थापित भएपछि सहज भएको बताएका छन् । स्थानीय भक्तजन राकेश गिरीले मन्टापोखरी ऐतिहासिकलानी स्थल भएकोले पूजा गर्न गएको बताए । अर्का भक्तजन निरज साहले विराटनगरको दक्षिणी भेगमा अवस्थित मन्टापोखरी विराटकालीन इतिहाससँग जोडिएको स्थान भएको बताए । यस ठाउँलाई प्रवद्र्धन गर्न थपा काम हुनुपर्ने उनले सुझाव दिएका छन् ।

गुप्तबासका बेला विराटनगरमा रहेका पाण्डव र पाञ्चालीले मन्टापोखरीमा नुहाने गरेको जनविश्वास गरिन्छ ।विराटनगरको बनस्खण्डी, विराटेश्वर, बासुकीनाथ लगायत मन्दिरहरुमा अधिक भिड हुने गरेको छ । त्यहाँ हरेक सोमबार शिवभक्तहरु पूजा गर्न जाने गर्दछन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka