Premier Cables

विराटनगर

लिलिपुटको सहयोगमा डा. कोजुको ‘मुटुको कथा’माथि अन्तरक्रिया

Calendar शनिबार, साउन १७, २०८२  | साँझ ७:४७ बजे

विराटनगर । धुलिखेल अस्पतालका प्रमुख तथा वरिष्ठ हृदय रोग विशेषज्ञ राजेन्द्र कोजुले युवा अवस्थामै हृदयघात हुने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।

विराटनगरमा आयोजित कोजुको पुस्तक ‘मुटुको कथा’माथि अन्तरक्रिया कार्यक्रममा कोजुले अव्यवस्थित जीवनशैलीले संकट बढ्न थालेको सुनाए ।

बिज्ञापन

लिलिपुट स्कुलको सहयोगमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कोसी र मोरङले आयोजना गरेको कार्यक्रममा कोजुले आफूले भर्खरै एक ३३ वर्षीय युवाको उपचार गरेर कोसी प्रदेशतर्फ आएको बताउँदै भने,’ध्रुमपानको लत, व्यायामको कमी र अव्यवस्थित जीवन शैलीले गर्दा विगतमा पचास वर्षको उमेरपछि हुने हृदयघात युवा उमेरमै हुन थालेको छ ।’

वंशानुगत कारण सन्तानहरुमा हुनेभन्दा जीवनशैलीका कारण बढ्दो विभिन्न मुटुरोग चिन्ताको विषय भएको बताए । कार्यक्रममा प्रतिष्ठानका कोसी अध्यक्ष दिनेश श्रेष्ठ र लिलीपुटकी संस्थापक अमिना तिम्सिना अतिथि थिए ।

लिलिपुटका प्रिन्सिपल चिरन्जीवी तिम्सिनाले जनचेतना बढाउने उद्देश्यस्वरुप कार्यक्रम गरिएको बताए । स्कुलले विगतमा विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको उनले सुनाए ।

कोजु २०२५ सालमा धुलिखेलमा जन्मेका थिए । उनले सामाजिक सेवामा राम्रो काम गरेका छन् ।‌ उनले लेखेको मुटुको कथा किताब नेपाली जनजीवनमा मुटुरोगबाट उत्पन्न समस्या उजागर गरेको छ । उनी गीत पनि लेख्छन । मुटु सम्बन्धी जनचेतना दिलाउन देशभर हिंडिरहन्छन् । यो उनको पहिलो किताब हाे । मुटु जलाउने र चलाउने कथाहरू यसमा समेटिएको उनले बताए ।

मुटुसँग सम्बन्धित विभिन्न सत्य घटनामा आधारित विषय समेटिएका कारण यो पुस्तक चर्चामा छ । बालबालिकामा जंकफुडको खराब आदत समेत बढ्न पुगेको प्रति सचेत हुने उनले अभिभावकहरुलाई सचेत गराए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka