Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

दयनीय मदनग्राम सडक : सरकारको नजर कहिले पुग्ला ?

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ५:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रतुवामाई । मोरङको रतुवामाई नगरपालिका अन्तर्गतको भौडाहाबाट जननेता स्व. मदन भण्डारीको स्मृतिमा रहेको मदनग्राम (मदन भण्डारी मार्ग) तर्फ जाने बाटोको अवस्था अत्यन्त दयनीय छ। वर्षौंदेखि मर्मत सम्भार नहुँदा स्थानीय बासिन्दा सास्ती खेपिरहेका छन्।

स्थानीय पोषण गुरागाईंले सडक निर्माणमा तीनै तहका सरकार उदासीन देखिएको बताए । उनले भने,‘‘हामीले बारम्बार सरकारको ध्यानाकर्षण गर्यौ तर सडक बनाउन चासो दिइएन ।’

बिज्ञापन

यो क्षेत्रबाट नेपाली राजनीतिका उच्च तहमा पुग्ने नेताहरू निर्वाचित हुँदै आएका छन्। यिनै भौडाहाबाट प्रतिनिधित्व गर्दै स्वर्गीय गिरिजा प्रसाद कोइराला दुई पटक प्रधानमन्त्री बनेका थिए। यस्तै, यही क्षेत्रकी विद्यादेवी भण्डारी दुई कार्यकालसम्म राष्ट्रपतिको पदमा विराजमान भइन्। अहिलेका लेखा संयोजक ऋषिकेश पोखरेल पनि यस क्षेत्रबाट दुई पटक सभासद भइसकेका छन्।

त्यसैगरी, केन्द्रमा नेकपा एमाले नेतृत्वको सरकार र प्रदेशमा समेत एमालेकै सरकार रहेको बेला समेत यो बाटो राज्यको प्राथमिकतामा पर्न सकेको छैन। जननेताको नाममा रहेको ‘मदनग्राम’ पुग्ने मूल बाटोको दुर्दशा हेर्दा राज्यले अझै पनि यो क्षेत्रलाई बेवास्ता गरेको स्पष्ट देखिन्छ।

स्थानीयवासी र सामाजिक अभियन्ताहरूको प्रश्न छ-“धेरैपल्ट सत्ता र नेतृत्वको शिखरमा पुगिसकेका नेताहरूको भूमि हुँदा हुँदै पनि, यो बाटोको अवस्था सुधारिने कहिले?”

अब राज्यले जननेताको नाममा रहेको ऐतिहासिक स्थलसम्मको पहुँच सहज र सुरक्षित बनाउनेतर्फ ध्यान दिने समय आएको स्थानीयहरूको धारणा छ। यो सडक पूरा गर्न न स्थानीय तह नत प्रदेश सरकारले नै ध्यान दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka