Premier Cables
Premier Steel

राजनीति

रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेपछि नाउपामा झन् लफडा

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बिहिबार, साउन १५, २०८२  | बिहान ८:०३ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी-नाउपाले आफ्ना संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेको छ।

रेशम पक्षीय बहुमत केन्दीय सदस्यहरूले अध्यक्षबाट श्रेष्ठलाई हटाउने गरी प्रस्ताव पारित गरेका छन् । यससँगै उनी अध्यक्ष पदबाट पदमुक्त भएकी हुन् ।

बिज्ञापन

यद्यपि पार्टीले निर्णय लिइसके पनि कानुनी बाध्यता र निर्वाचन आयोगले गर्नसक्ने निर्णयलाई आधार बनाएर थप निर्णय भोलिमात्रै हुने सो पार्टीका नेताहरूले बताएका छन् ।अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेका थिए ।‌

बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाइएपछि पार्टीका संरक्षक रेशम चौधरीसहितका नेताहरूले असन्तुष्ट थिए । रञ्जिता पक्षले भने विधानमा अध्यक्षलाई हटाउने प्रावधान नरहेको भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ ।

केही नेताहरूको उपस्थितिमा गरिएको कारवाही मान्य नहुने चेतावनी दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka