Premier Cables
Premier Steel

राजनीति विराटनगर

विराटनगर विमानस्थलमा डा. शेखर : म लुकेर छलफल गर्दिन, सभापतिले पनि घरमै बोलाएर गरे हुन्छ

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन १४, २०८२  | अपराह्न १:०९ बजे

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले सबै कामहरु खुला रुपमा गरिरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै भने,‘‘मैले केही पनि गरेको होइन छलफल गरेको हो । राजनीतिक दलबीच छलफल भइरहनु पर्छ । यो स्वभाविक हो । म लुकेर छलफल गर्दिन् ।’’

बिज्ञापन

पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको आफ्नो भेट त्यही भएको भन्दै भण्डारीलाई राष्ट्रपति भइसकेपछि पनि भेटेको रअहिले पनि भेटेको बताए । तर, अहिलेको भेटलाई बढी महत्व दिइएको सुनाए ।
संसदीय दलको नेता परिवर्तनको सन्दर्भमा भने त्यसका लागि आवश्यक संख्या चाहिने बताए । यसबारे सबै जानकार रहेको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको मात्रै नभएर देशकै नेता भएको भन्दै उनले समसामयिक विषयमा विभिन्न दलका नेताहरूलाई घरमै बोलाएर भेट्नुपर्ने बताए । उनले भने,‘‘नभेट्दैमा अन्य नेताहरूले अरु पार्टीका नेता र व्यक्तिलाई भेट्न नहुने भन्ने छैन् ।’’ कुलिङ अफ पिरियडका विषयमा सबैको विश्वासतिलले आएपनि विश्वास तोड्ने काम भएको र यसमा राज्य व्यवस्थाका सभापति पनि भागिदार भएको बताए ।

‘‘अपरा हाउसमा गईसकेपछि एमालेका पाँच जना सांसदले माथिबाट निर्देशन आएकोले हामीले हटाउनु पर्छ भनेर संशोधन गरेको बताई सकेका छन्,’’ कोइरालाले भने,‘‘राष्ट्रपतिले एउटा ऐन फर्काउनु भएको छ । के कारणले भयो ? यो गम्भीर विषय हो । संवैधानिक परिषद्मा ६ जना वरिष्ठ व्यक्ति रहने भन्ने छ । प्रधानमन्त्री, सभामुख, विपक्षी दलको नेता, राष्ट्रिय सभाको अध्यक्ष, उपसभामुख हुने हुने प्रावधान छ । अपर हाउसले दुई जनाको वहुमत भए हुन्छ भनिदियो । शक्तिपृथकीकरणको आधारमा संविधान बनेको हो । तर, राष्ट्रिय सभाले संविधानको स्पिरिटलाई नै समाप्त गर्ने काम भयो । यो लोकतन्त्रको लागि एकदमै खतरा कुरा छ ।’’

‘कुलिङ अफ पिरयड’मा भएको बदमासीमा सरकार र उच्च प्रशासकको हात रहेको कुरामा शंका नरहेको उनको भनाइ छ । राष्ट्रियसभामा गएपछि यो पुष्टि भएको उनको भनाइ छ ।

कोइरालाले बागमती प्रदेशको विषयमा संविधान र नेपाली कांग्रेसको संसदीय दलको नियम पनि भएको बताए । तर, मुख्यमन्त्री हुन दलकै नेता हुनुपर्छ भन्ने नभएको बताए ।

कोइरालाले भने,‘‘सरकारले सांसदहरुलाई सात बुँदे पढेर सुनाउनु भयो, त्यसमा एउटा बुँदा पनि अगाडि बढेको छैन । संविधान संशोधनको त कुरै हराइसक्यो । मिडिया र कांग्रेसले पनि छलफल गर्न छाडिसके ।’’ नयाँ सरकार बनाउन कुनै पनि विकल्प आफूले नदेखेको कोइरालाले सुनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka