Premier Cables
Premier Steel

विराटनगर

परमार्थ सिंघिया घाटमा कैलाशेश्वर महादेवको मूर्ति शिलान्यास

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, साउन १३, २०८२  | राती ९:३७ बजे

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार धाममा रहेको परमार्थ सिंघिया आरती सेवाले आफ्नो दोस्रो वार्षिकोत्सव एक विशेष कार्यक्रम गरी मनाएको छ ।

सो अवसरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विशिष्ट अतिथिका रूपमा सहभागी भए ।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले परोपकार धामले सामाजिक तथा आध्यात्मिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले यस्ता कार्यले समाजमा सकारात्मक भावनाको विकास गर्ने र सबैलाई एकजुट बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा परोपकार धाम परिसरमा निर्माण गर्न लागिएको कैलाशेश्वर महादेवको भव्य मूर्तिको पनि शिलान्यास गरिएको थियो । मेयर नागेश कोइरालाले एक विशेष पूजाआजासहित मूर्तिको शिलान्यास गरे ।

कार्यक्रममा स्थानीय समाजसेवी, भक्तजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । परोपकार धामले नियमित रूपमा सिंघिया नदी किनारमा आरती गर्दै आएको छ, जसले नदीको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka