Premier Cables
Premier Steel

समाचार

आज नागपञ्चमी, नागको पूजा गरी घरका मूलढोकामा तस्बिर टाँसिँदै

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | बिहान ७:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आज देशभर परम्पराअनुसार नागपञ्चमी पर्व मनाइँदैछ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नागको पूजा गरी चित्र मूलढोकामा टाँस्ने परम्परा रहेको छ।

धार्मिक विश्वासअनुसार नागको पूजा गर्दा वर्षभर नाग, सर्प, बिच्छी जस्ता जीवजन्तुको त्रास हुँदैन भन्ने जनविश्वास छ। साथै, आगलागी, चट्याङ र डढेलोबाट पनि बच्न सकिन्छ भन्ने मान्यता रहेको धर्मशास्त्रविद् तथा नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार नाग पूजाको परम्परा वैदिककालदेखि चलिआएको हो। “सर्पलाई नागराज मानिन्छ। नाग रिसाएमा वर्षा नहुने मान्यता रहेकोले वर्षाको कामना गर्दै पनि नागलाई खुसी पार्ने परम्परा बसेको हो,” डा. भट्टराईले बताए।

बराहपुराणमा उल्लिखित कथाअनुसार, श्रावण शुक्ल पञ्चमीका दिन ब्रह्मा र नागराजबीच संवाद भएकोले पनि यो दिनलाई विशेष मानिन्छ।

डा. भट्टराईका अनुसार प्रत्येक घरको जगमुनि नाग बस्ने धार्मिक विश्वास रहेको छ। नाग रिसाइ हालेमा घरको जग कमजोर हुने जनविश्वासले गर्दा पनि नागपूजाको परम्परा कायम रहँदै आएको हो।

वैदिक सनातन परम्पराअनुसार नागलाई भगवान् विष्णु र शिवसँग जोडेर पूजा गरिन्छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु शेष नागको शय्यामा शयन गर्ने भएकाले दुवैलाई नागका रूपमा पनि पूजा गर्ने चलन रहेको उनले बताए।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa