Premier Cables
Premier Steel

मौसम

केही स्थानमा भारी वर्षाको सम्भावना, दिउँसो बढी हुने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १२, २०८२  | बिहान ७:२० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार रातिभन्दा दिउँसोको समयमा वर्षाको सम्भावना बढी छ।

देशभर अहिले मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै रहेकाले अधिकांश स्थानमा आकाश आंशिकदेखि सामान्य बदली रहनेछ।

बिज्ञापन

गण्डकी, वाग्मती र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेशलगायत पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना कायमै छ।

विभागले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka