Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

मानिसलाई चाहिने पानी एआईले खाई दिएपछि !

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, साउन ११, २०८२  | अपराह्न १२:१० बजे

कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशल इन्टेलिजेन्स (एआई)को प्रयोग डरलाग्दो गतिमा बढिरहेको छ।

तर के तपाईँलाई थाहा छ, यो अत्यधिक पानी प्रयोग गर्ने प्रविधि हो नि। यसका लागि दुई चरणमा पानीको प्रयोग हुन्छ। एउटा चिसो बनाउन र अर्को प्रयोगका लागि चाहिने बिजुली उत्पादन गर्न।

बिज्ञापन

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वको आधा जनसङ्ख्याले अहिले नै पानीको अभाव सामना गरिरहेको छ। जलवायु परिवर्तन र यसको बढ्दो मागका कारण पानीको अभाव आगामी दिनमा अझै चर्कने ठानिएको छ।

के एआईको तीव्र गतिमा बढ्दो प्रयोगले अवस्था अझै विकराल बनाउन सक्छ?

अमेरिकी प्राज्ञहरूले क्यालिफोर्निया र टेक्ससमा गरेको एक अध्ययनले ओपन एआईको जीपीटी-३ ले १० देखि ५० प्रश्नको जबाफ दिन आधा लिटरसम्म पानी प्रयोग गर्ने देखाएको थियो। यसको अर्थ एउटा प्रश्नको जबाफका लागि दुई देखि १० चम्चा पानी खर्च हुन्छ।

एआईले दिने जबाफमा कति पानी खर्च हुन्छ भन्ने कुरा प्रश्न कस्तो प्रकारको छ, जबाफ कति लामो छ र कहाँबाट खोजेर तयार गरिन्छ अनि कसरी हिसाब गरिन्छ भन्नेमा निर्भर रहन्छ।

अमेरिकी प्राज्ञहरूले गरेको आधा लिटर पानीको हिसाब ऊर्जा उत्पादनका लागि पनि हो। अल्टम्यानले यो हिसाब नजोडेका हुन सक्छन्। बीबीसीले राखेको जिज्ञासामा ओपन एआईले यो हिसाबकिताबबारे कुनै जबाफ दिएको छैन।

जे सुकै भए पनि पानीको प्रयोग बढी नै छ। ओपन एआईका अनुसार च्याट जीपीटीले हरेक दिन एक अर्ब प्रश्नहरूको जबाफ दिन्छ। अनि कैयौँ एआई बोटहरूमध्ये यो एउटा मात्रै हो।

अमेरिकी अध्ययनका अनुसार सन् २०२७ सम्म एआई उद्योगले खर्च गर्ने पानी प्रत्येक वर्ष चार देखि छ गुणाले बढ्दै जान्छ। त्यो मात्रा पूरै डेनमार्कले प्रयोग गर्ने भन्दा बढी हुन्छ।

“हामीले जति धेरै एआई प्रयोग गर्छौँ उति धेरै पानी खपत गर्छौँ,” अध्ययनका लेकहरूमध्येका एक क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक शाओले रेन भन्छन्।

निबन्ध लेख्ने देखि डीपफेक बनाउनेजस्ता अनलाइन गतिविधिका लागि डेटा सेन्टरमा कम्प्युटर सर्भरका ठूला दराजहरू राखिएका हुन्छन्। कतिपय यस्ता डेटा सेन्टरहरू कैयौँ फुटबल मैदान भन्दा ठूला हुन्छन्।

कम्प्युटरहरूबाट निरन्तर विद्युत् बहने हुँदा यी सर्भरहरू तात्छन्।

साधरणतया सफा र ताजा पानी चिस्यान प्रणालीका लागि चाहिने महत्त्वपूर्ण तत्त्व हो।

त्यसका लागि विधिहरू फरकफरक छन्। केहीले चिस्यानका लागि प्रयोग हुने ८० प्रतिशत पानी वायुमण्डलमा बाफ बनाएर पठाउँछन्।
एआईका लागि परम्परागत अनलाइन काम गर्नका लागि भन्दा अत्यधिक धेरै कम्प्युटर शक्ति खर्च हुन्छ। विशेषगरी तस्बिर र भिडिओ बनाउन अनलाइन सर्च वा किनमेल भन्दा ज्यादा बिजुली पनि चाहिन्छ।

ठ्याक्कै कति घटिबढी लाग्छ भनेर मापन गर्न कठिन छ। तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएका अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जबाफ दिन गुगल सर्चले एउटा खोजी गर्न भन्दा १० गुणा बढी बिजुली खपत गर्छ। धेरै बिजुली खपत हुँदा ताप पनि ज्यादा हुन्छ अनि चिस्याउने प्रणाली पनि बढी चाहिन्छ।

ठूला एआई कम्पनीहरूले आफ्ना एआई गतिविधिका लागि खर्च भएको पानीको परिमाण दिँदैनन् तर उनीहरूले प्रयोग गर्ने पानीको परिमाण बढ्दो छ।

ओपन एआईका प्रमुख लगानीकर्ताहरू गुगल, मेटा र माइक्रोसफ्ट तीन वटैले सन् २०२० यता पानी खपतको मात्रा उल्लेख्य स्तरमा बढाएको उनीहरूको वातावरणीय प्रतिवेदनमा देखिन्छ। त्यस समयमा गुगलले खपत गर्ने पानी करिब दोब्बरले बढेको छ। एमजन वेब सर्भिसेसले भने त्यसको तथ्याङ्क दिएको छैन।

एआईका लागि पानीको माग बढ्ने ठानिएका बेला आईईएले सन् २०३० सम्ममा डेटा सेन्टरहरूका लागि पानीको खपत दोब्बर हुने आकलन गरेको छ। यसमा ऊर्जा उत्पादनका लागि प्रयोग हुने र कम्प्युटर चिप्स बनाउन प्रयोग हुने पानी पनि जोडिएको छ।
गुगलका अनुसार उसका डेटा सेन्टरहरूले सन् २०२४ मा ३७ अर्ब लिटर पानी जलका विभिन्न स्रोतहरूबाट लिएका छन्। जसमध्ये २९ अर्ब लिटर “खपत” भएको छ। जसको अर्थ त्यो बाफ बनेर गएको छ।

के त्यो धेरै नै हो त? यसको जबाफ हामीले के सँग तुलना गर्छौँ भन्नेमा भर पर्छ। संयुक्त राष्ट्रसङ्घले एक जना व्यक्तिका लागि एक दिनमा न्यूनतम ५० लिटर पानी चाहिने बताएको छ। त्यस आधारमा मात्रै हिसाब गर्ने हो भने पनि यो परिमाणको पानीले १६ लाख मानिसहरूको एक वर्षको पानीको आवश्यकता पूरा गर्न सक्छ। अथवा गुगलका अनुसार त्यसले अमेरिकाका दक्षिण पश्चिमी क्षेत्रमा ५१ वटा गल्फ मैदान बराबरका क्षेत्रमा एक वर्षका लागि चाहिने सिँचाइको आवश्यकता पूरा गर्न सक्छ।

एरिजोना राज्य सहित अमेरिका, ल्याटिन अमेरिका, युरोप लगायतका विश्वका कैयौँ देशहरूमा पछिल्लो समय सुख्खाको जोखिम भएका क्षेत्रमा डेटा सेन्टर राख्न लागिएको भन्दै स्थानीयले विरोध जनाएको विषय समाचारका शीर्षक बने।

स्पेनको एउटा पर्यावरण सम्बन्धी समूह ‘योर क्लाउड इज ड्राइङ अप माई रिभर’ले डेटा सेन्टर विस्तारविरूद्ध सङ्घर्ष समिति नै गठन गरेको छ।

चरम सुख्खाको समस्या भोगिरहेका चिले र उरुग्वेमा विरोध प्रदर्शन पनि गुगलले आफ्नो डेटा सेन्टर नै सार्ने योजना बनाएको छ।

एरिजोना राज्य सहित अमेरिका, ल्याटिन अमेरिका, युरोप लगायतका विश्वका कैयौँ देशहरूमा पछिल्लो समय सुख्खाको जोखिम भएका क्षेत्रमा डेटा सेन्टर राख्न लागिएको भन्दै स्थानीयले विरोध जनाएको विषय समाचारका शीर्षक बने।

स्पेनको एउटा पर्यावरण सम्बन्धी समूह ‘योर क्लाउड इज ड्राइङ अप माई रिभर’ले डेटा सेन्टर विस्तारविरूद्ध सङ्घर्ष समिति नै गठन गरेको छ।

चरम सुख्खाको समस्या भोगिरहेका चिले र उरुग्वेमा विरोध प्रदर्शन पनि गुगलले आफ्नो डेटा सेन्टर नै सार्ने योजना बनाएको छ।गुगल, माइक्रोसफ्ट र मेटा सबैले आफ्नो वातावरणीय प्रतिवेदनमा सुख्खा क्षेत्रको पानी प्रयोग गरिरहेको बताएका छन्।

कम्पनीको सबैभन्दा पछिल्लो प्रतिवेदन अनुसार गुगलले प्रयोग गर्ने १४ प्रतिशत पानी “पानी अभावको उच्च जोखिम” भएको क्षेत्रबाट प्रयोग भएको देखाउँछ। अर्को १४ प्रतिशत पानी मध्य जोखिम भएको क्षेत्रबाट प्रयोग गरिएको छ।

माइक्रोसफ्टले आफ्नो कम्पनीले प्रयोग गरिरहेको पानीको ४६ प्रतिशत पानीको स्रोत “पानीका लागि चिन्ता” लिनुपर्ने ठाउँको छ। अनि मेटाले प्रयोग गर्नेमध्ये २६ प्रतिशत पानी त्यसका लागि “अति उच्च वा उच्च” पानी अभावको चिन्ता भएका ठाउाबाट लिइएको छ। एमजनले यसबारे कुनै विवरण दिएको छैन।

प्राध्यापक रेनका अनुसार सुख्खा एअर कुलिङ प्रणालीहरू पनि प्रयोग गर्न नसकिने चाहिँ होइन। तर यस्ता प्रणालीले पानीमा आधारित चिसो बनाउने प्रणाली भन्दा धेरै बिजुली खपत गर्छन्।

माइक्रोसफ्ट, मेटा र एमजन सबैले पानी बाफ भएर जाने प्रणालीको सट्टा त्यही पानी चिसो भएर घुमिरहने प्रविधि विकास गरिरहेको दाबी गरेका छन्।

यस्ता प्रणालीहरू भविष्यमा सुख्खा क्षेत्रमा आवश्यक हुने दुवे ठान्छन्। तर त्यसको विकासका लागि उद्योगहरू निकै प्रारम्भिक चरणमा मात्रै रहेको उनले बताए।

जर्मनी, फिनल्यान्ड र डेनमार्क जस्ता देशहरूमा डेटा सेन्टरबाट निस्कने तापक्रम स्थानीय घरहरूमा न्यानोका लागि प्रयोग गर्ने प्रविधि विकास गरिएको र गरिने क्रममा छ।

विज्ञहरूका अनुसार कम्पनीहरूले सकेसम्म पिउन मिल्ने किसिमको सफा पानी चिस्यानका लागि प्रयोग गर्छन्। त्यसले अरू जोखिम कम हुने भएका कारण सफा पानी प्रयोग गरिएको हो।

यद्यपि केही कम्पनीहरूले भने उद्योगबाट निस्किएको वा समुद्रको पानी जस्ता पिउनका लागि प्रयोग नहुने पानी प्रयोग गरिरहेका छन्। बीबीसी

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka